चेत पलाओस्

चेत पलाओस्


ई. गणेशराज वस्ती

पर्दापछाडिको खेल हेर,
पर्खंदा पर्खंदा समय गयो खेर ।
पर्दा पछाडि !
हटाओ त्यो पर्दा
कति राख्ने त्यो पर्दा ?!
किन चाहियो क्या पर्दा ?
के !
जीवन सधैं-सधैं नाटक मात्र हो र ?
थाहा पाएदेखि नै छ यस्तै !
नाटक नै नाटकहरू !
कृत्रिम कुराहरू
मुखमा राम राम
बगलीमा छुराहरू !
केका लागि यस्तो गरेको ?
के यस देशको माया लाग्दैन ?
के यहाँको माटो प्रिय छैन ?
यहाँको हावापानी मन पर्दैन ?
के गर्न खोजेको ?
के के चाहिएको हो ?
ती दीन-दु:खीको चेहरा हेर त !
के तिनको माया लाग्दैन ?
तिनलाई माथि ल्याउनु पर्दैन ?
तिनीहरू थप दु:खी भएकोमा पीर छैन ?
कुन लोभीलाई यी कुरा मन नपर्ने हुन्-
अनि भनिदिन्छ- ‘हिजो किन भनिनस् ?’
वा, भनिदेला कुण्ठाग्रस्त !
दीन-दु:खीलाई हेर
खाना, नाना, छाना बाँड !
होस आओस्
चेत पलाओस् !!