ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासी बर्दघाट नगरपालिका ४ मा ट्रकको ठक्करबाट एक पैदलयात्रु सक्त घाइते भइ उपचारको क्रममा मृत्यु भएको छ।

बर्दघाट ४ सन्जिवनी मेडिकल हलअगाडि पूर्वबाट पश्चिमतर्फ आउदै गरेको ट्रकको ठक्करबाट बर्दघाट-६ बेतहानी बस्ने वर्ष ४५ का टिकाराम भट्टराईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डेले जानकारी दिएका छन् ।

पूर्वपश्चिम राजमार्ग बुटवल-बर्दघाट सडकखण्ड अन्तर्गतमा ना. ६ ख ३३३० नम्बरको ट्रकको ठक्करबाट सख्तघाइते भएका भट्टराईको चिसापानी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकचालक सल्यान जिल्ला शारदा नगरपालिका-१४ बस्ने वर्ष २२ का राजु बिकलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर कानुनी प्रक्रिया जारी रहेको बताइएको छ।

नवलपरासीमा आर्थिक वर्ष २०७९ श्रावण महिनादेखि मङ्सिर २२ गतेसम्म महिला ३ र पुरुष ११ गरि १४ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ भने महिला ४२ र पुरुष १०६ गरि जम्मा १४८ जना सवारी दुर्घटनामा घाइते रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ।