भारत र चीनका सेनाबीच झडप

भारत र चीनका सेनाबीच झडप


विवाद ‘दबाउने’ मोदीको प्रवृत्तिले चीनको दु:स्साहस बढेको विपक्षीको आरोप

भारतको अरुणाञ्चल प्रदेशस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी)मा भारतीय र चिनियाँ सेनाबीचको पछिल्लो झडपको विषयलाई भारतको तल्लो सदन लोकसभामाको बैठकमा विपक्षीहरुले मुख्य मुद्दाका रूपमा उठाउने तयारी गरेको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । डिसेम्बर ९ मा भएको झडपमा दुवै पक्षका सेना घाइते भएका सेनाले बताएको छ ।

डिसेम्बर ९ को मुठभेडले “दुवै पक्षका केही कर्मचारीलाई सामान्य चोटपटक“ निम्त्यायो र दुवै पक्ष ुतत्काल क्षेत्रबाट अलग भएु, सेनाको एक विज्ञप्तिमा भनिएको छ। विवरण सार्वजनिक भएसँगै कांग्रेसले सरकारले संसदमा छलफल गरेर राष्ट्रलाई विश्वासमा लिनुपर्ने भन्दै केन्द्रको आलोचना गरेको थियो ।

झडपबारे रक्षामन्त्री राजनाथ सिंहले सदनमा बयान दिने कि नदिने भन्ने विषयमा छलफल हुने जनाइएको छ । केन्द्र ‘कहिल्यै पनि कुनै पनि छलफलबाट विचलित नभएको र तथ्यहरूसँग तयार’ रहेको सरकारी स्रोतहरूलाई उद्धृत गर्दै उक्त समाचार संस्थाले अगाडि लेखेकोे छ ।

सीमा विवादलाई ‘दबाउने’ नरेन्द्र मोदी सरकारको प्रवृत्तिले चीनको दु:स्साहसलाई उक्साएको कंग्रेस पार्टीले आरोप लगाएको छ ।