मोटरसाइकलको ट्याङ्कीमा २४ लाख, एक भारतीय नागरिक पक्राउ

मोटरसाइकलको ट्याङ्कीमा २४ लाख, एक भारतीय नागरिक पक्राउ


मोटरसाइकलको ट्याङ्कीभित्र २४ लाखभन्दा बढी रकम लुकाएर ल्याएको आरोपमा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको विदेह नगरपालिका ९ इटहर्वा स्थित सीमा इलाकाबाट २३ वर्षीय भारतीय नागरिक उमेश कुमारलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

उनलाई मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनी भारतबाट नेपालतर्फ प्रदेश २(०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलमा आउँदै थिए । उनले मोटरसाइकलमा पैसा लुकाएर ल्याउँदै गरेको भन्ने विशेष सूचना प्रहरीले पाइसकेको थियो ।

उक्त सूचनाको आधारमा खटिएको टोलीले कुमारको मोटरसाइकल चेक गरेको थियो। च‍ेक गर्दा २४ लाख १७ हजार रुपैयाँ बरामद भएको हो । पक्राउ परेका कुमारमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको छ ।