नेपाल घुम्न आए भारतीय अभिनेता ओवराय

नेपाल घुम्न आए भारतीय अभिनेता ओवराय


photo: rss

भारतीय चलचित्रका अभिनेता विवेक ओवराय नेपाल आएका छन् । परिवारसहित ओवराय बुधबार नेपाल आएका हुन् ।

व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओवराय दश दिन नेपालमा रहने बताइएको छ ।

आफू पहिलोपटक नेपाल आएको भएपनि आफ्ना बुबाआमा धेरै पटक आइसकेका र नेपाल बसाइका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको अभिनेता ओवरायले जनाएका छन् । प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको पनि उनले बताएका छन् ।