हेटौँडाबाट विप्लवका सात नेता कार्यकर्ता पक्राउ

हेटौँडाबाट विप्लवका सात नेता कार्यकर्ता पक्राउ


हेटौँडा उपमहानगरपालिका-१० बसपार्कबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सात जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।

सरकारले गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिने उद्देश्यले मुलुकी फौजदारी कार्यविधि संशोधन गर्न ल्याएको अध्यादेश रोक्ने षड्यन्त्र भएको भन्दै हेटौँडा बसपार्कमा पूर्व-पश्चिम राजमार्ग अवरोध गर्न खोजेपछि अखिल क्रान्तिकारी मकवानपुरका उपाध्यक्ष सूर्य सिंहसहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरूमा अखिल क्रान्तिकारी पश्चिम बाग्मती संयोजक विवेक घलान, अखिल क्रान्तिकारी मकवानपुर उपाध्यक्ष सूर्य सिंह, केन्द्रीय पार्टी सदस्य राम घलान, अखिल क्रान्तिकारी जिल्ला सदस्यहरू सुरज घलान, अमन लामा, रवि रुम्बा र भूषण लामा रहेका मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।