गगनले दर्शाएको राजनीतिक अशिष्टता !

गगनले दर्शाएको राजनीतिक अशिष्टता !


गगन कुनै ब्यापारी र पूँजिपतिहरूसँग चन्दा माग्दैनन्, उनको आफ्नै कुनै ठूलो उद्योग या ब्यापार भएको पनि देखिँदैन, खोलेको भनिएको एउटा मासु पसल पनि धेरै अगाडि नै बन्द भइसकेको छ । तर आफ्ना निम्ति काङ्ग्रेसमा सबैभन्दा बढी खर्च गर्न सक्ने नेताको कोटिमा गगन पर्दछन् ।
  • हरदम कोइराला

युवा पुस्ताका जुझारु राजनीतिकर्मीका रूपमा लिइने केही नाममध्ये एउटा गगन थापा पनि हुन् । विद्यार्थी राजनीतिमा क्रियाशील रहँदा नै तत्कालीन काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको कोपभाजनमा परेका गगन काङ्ग्रेसका अनेक नेताहरूलाई प्रयोग, उपयोग र सदुपयोग गर्दै आजको हैसियतमा आइपुगेका हुन् । अति महत्वाकाङ्क्षाबाट ग्रस्त उनले काङ्ग्रेसका अधिकाङ्श नेताहरूलाई ‘दाइ’ भनेर सम्मान दर्शाउँदै र, कान्छो पुस्तालाई पचास वर्ष पुगेका मानिसले राजनीतिबाट अवकाश लिनुपर्छ भन्ने नारा लगाउँदै आफूतिर आकर्षित गरेका हुन् । नेविसङ्घमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका गगनले बाहुबली शैलीमा प्रस्तुति दिएर आफ्नो स्थान बनाएको तथ्य अहिले विस्मृतिमा गएको छ ।

त्रिचन्द्र कलेजअगाडि केही केटाहरू जम्मा गरेर उनले दिनहुँ अन्नपूर्ण पोष्ट र दी हिमालयन दैनिक पत्रिकाहरू जलाउने ठेक्का कैलाश र जमीमहरूबाट कति रकममा प्राप्त गरेका थिए भन्ने तथ्यबारे पनि चासो राख्न छोडिएको छ । नेविसङ्घको नेता हुँदा एसबीआई बैंकबाट मासिक साठी हजार रुपैयाँ बुझ्ने गरेको विवरण सुरक्षा निकायको रेकर्डमा रहेको विषय आम जानकारीमा आउने कुरै भएन । पहिलो संविधानसभाको कार्यकाल (दुई वर्ष) पूरा हुनुभन्दा अगाडि ‘यो संविधानसभाले संविधान निर्माण नगर्ने स्थिति आयो भने एक महिनापहिले नै राजीनामा दिन्छु’ भनी पटक-पटक सार्वजनिक घोषणा गरेको, तर दुईवर्षे कार्यकाल सकिन लागेपछि त्यसको म्याद थपाउन गगनले अग्रपङ्क्तिमा रहेर सक्रिय भूमिका निर्वाह गरेको पनि सायद मानिसहरूले बिर्सिसकेका छन् !

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गर्दा स्वास्थ्यमन्त्रीको हैसियतले बुझेको रकम र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ‘रेकर्डेड’ तथ्यबारे चासो राख्न पनि छोडिएको छ । पार्टीको उच्च जिम्मेवारीमा पुग्दासमेत भक्कुको राँगो झैँ सधैं आक्रामक तवरमा प्रस्तुत हुने गगन थापा कसरी रातारात काङ्ग्रेसमा स्थापित गरिएका थिए भन्ने स्वयम् काङ्ग्रेसीले समेत चाल पाउन सकेनन् ।

माओवादीमार्फत भित्रिएका एजेण्डाका हिमायती तथा एमसीसी परियोजनाका अघोषित प्रवक्ता ठानिएका गगनसँग चुनावमा प्रस्तुत गर्ने कुनै प्रभावकारी राजनीतिक एजेण्डा थिएनन् । त्यसैले उनले आफू प्रधानमन्त्री बन्ने हल्ला चलाए र हल्लाकै भरमा भेँडा भन्न नमिल्ने मानिसको मत उठाएर चुनाव पनि जिते । गगनले डा. शेखर कोइरालालाई नै साथ-समर्थन दिने विश्वास गरिएको थियो, तर उनले सामान्य शिष्टता पनि दर्शाएनन् ।

उनी आफ्नै बुद्धिको वशमा छन् या लगानीकर्ताको रणनीतिक चालको आहालमा डुबुल्की मार्दै सार्वजनिक खपतको भाषा बोल्छन् भन्ने जानकारी सर्वसाधारणले राख्न सक्ने कुरा भएन, उनी आफै बताउन खोज्दैनन् । डा. अम्रेशकुमार सिंहले सिंहदरबारस्थित काङ्ग्रेस संसदीय दलको कार्यालयमा एनपी साउद, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेतासमक्ष गगनको आर्थिक श्रोतबारे सार्वजनिक जानकारी गराउने घोषणा गरेकै भोलिपल्ट बिहान उज्यालो नहुँदै गगन छिमेकी मुलुकको दूतावासका एक कर्मचारीको निवासमा के भनेर गिडगिडाउन पुगेका थिए भन्ने तथ्यबारे डा. अम्रेश आफैले मुख खोलेपछि मात्र आम जानकारीमा आउन सक्ला ।

गगन कुनै ब्यापारी र पूँजिपतिहरूसँग चन्दा माग्दैनन्, उनको आफ्नै कुनै ठूलो उद्योग या ब्यापार भएको पनि देखिँदैन, खोलेको भनिएको एउटा मासु पसल पनि धेरै अगाडि नै बन्द भइसकेको छ । तर आफ्ना निम्ति काङ्ग्रेसमा सबैभन्दा बढी खर्च गर्न सक्ने नेताको कोटिमा गगन पर्दछन् । उनका गुप्त र खुला ‘निजी’ कार्यालयहरूको मासिक खर्च कसरी जुट्ने गर्छ भन्ने खोजी भएका दिन सम्भवत: उनले भूमिगत जानुपर्ने नौवत आइलाग्न सक्छ ।

महत्वाकाङ्क्षा बिनाका मानिसले जीवनमा कुनै स्तरको उन्नति प्रगति गर्न सक्ने छैनन् । तर अति महत्वाकाङ्क्षाले मानिसलाई सधैं गलत मार्गमा धकेल्ने प्रयास गरिरहेको हुन्छ । प्रचण्ड-बाबुरामले अति महत्वाकाङ्क्षाका कारण प्रजातन्त्र र प्रजातान्त्रिक प्रणालीविरूद्ध हिंसात्मक सङ्घर्ष सुरु गरेका थिए । अति महत्वाकाङ्क्षाकै कारण उनिहरू परायाशक्तिको वशमा परेका हुन् । विदेशी शक्तिले तिनको महत्वाकाङ्क्षासँग आफ्ना इच्छा र योजना जोड्नुको परिणाम आजको नेपाल हो । पञ्चायतको आखिरीतिर जन्मिएका कारण गगनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा कुनै प्रकार र स्तरको योगदान पुर्‍याउन पाएनन् । तर पार्टीमाथि प्रतिबन्ध नलगाइकन राजा सक्रिय भएताक भने अति बामपन्थीका भन्दा चर्का कुरा र ढुङ्गामुढा गर्ने कार्यले उनलाई चर्चामा ल्याएको थियो ।

आफ्नो भविष्यप्रति अति चिन्तित गगन थापा कहिलेकाहीँ दिग्भ्रमित रहने गर्छन् र, भिन्न बाटो हिँड्ने मानसिकता पनि बनाउँछन् ! सात वर्षअघि रविन्द्र मिश्रहरूले वर्तमान संविधान यथावत राख्ने प्रतिबद्धताका साथ वैकल्पिक पार्टी निर्माणको गृहकार्य गरिरहँदा गगनले बन्दै गरेको पार्टीमा आफू जोडिने विश्वास मिश्रलाई दिलाएका थिए । त्यसबेला शायद उनले काङ्ग्रेसको भर्‍याङले आफूलाई माथि उकाल्न नसक्ने ठानेका थिए । एकपटक कृष्णप्रसाद सिटौलालाई सभापति थापेर उनले महामन्त्री पदमा उम्मेदवारी पनि दिएका हुन् । काङ्ग्रेसको तेर्‍हौँ महाधिवेशनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल सभापति पदका मुख्य प्रतिष्पर्धी थिए । त्यसबेला नै गगन सभापति पदमा उम्मेदवारी दिने मानसिकतामा थिए । तर केही शुभचिन्तकले उनलाई महामन्त्री पदमा उम्मेदवार बन्न सुझाव दिएपछि उनी उक्त सुझावलाई ग्रहण गर्दै महामन्त्री पदका प्रत्यासी बनेका थिए ! त्यसरी महामन्त्रीमा उम्मेद्वारी दिँदा सभापतिमा कसलाई समर्थन गर्ने भन्ने प्रश्न जोडदार किसिमले उठ्यो । साँच्चै सभापति बन्ने सम्भावनाभित्र रहेका देउवा र पौडेलमध्ये एकलाई समर्थन गर्दा त्यसको दीर्घकालीन असर पर्न सक्थ्यो । मानिसले उनलाई देउवा या पौडेलको मान्छेका रूपमा चर्चा गर्न थाल्थे, जुन उनी चाहँदैनथे ।

माओवादीमार्फत भित्रिएका एजेण्डाका हिमायती तथा एमसीसी परियोजनाका अघोषित प्रवक्ता ठानिएका गगनसँग चुनावमा प्रस्तुत गर्ने कुनै प्रभावकारी राजनीतिक एजेण्डा थिएनन् । त्यसैले उनले आफू प्रधानमन्त्री बन्ने हल्ला चलाए र हल्लाकै भरमा भेँडा भन्न नमिल्ने मानिसको मत उठाएर चुनाव पनि जिते । तर चुनावपछि पनि गगन प्रधानमन्त्री बन्ने प्रचारमै निरन्तर कायम रहन्छन् भन्ने ठानिएको थिएन । गगनले डा. शेखर कोइरालालाई नै साथ-समर्थन दिने विश्वास गरिएको थियो, तर उनले सामान्य शिष्टता पनि दर्शाएनन् ।

त्यसैले त्यतिखेर कुनै टीममा ‘एड्जस्ट’ हुन नसकेका कृष्णप्रसाद सिटौलालाई सभापति थापेर गगन महामन्त्रीको उम्मेद्वार बने । ‘रात गइ बात गइ’ भनेझैँ उनले सिटौलालाई छोडिदिए । सिटौलाकै कोटामा परेर मन्त्री बनेका गगनले पार्टीको अर्को (चौधौँ) महाधिवेशनमा पुन: सिटौलालाई सभापति थाप्न उपयुक्त ठानेनन् । पार्टीमा देउवाको प्रभावकारी विकल्प बन्दै गरेका डा. शेखर कोइरालालाई सभापति थापेर अघि बढ्दा ज्यादा लाभ हुने देखियो र उनले त्यसै गरे । एक वर्षअघि आफूले सभापति थापेका डा. कोइरालाप्रति सामान्य सद्भाव र सम्मान दर्शाउने औपचारिकता/शिष्टता पनि गगनले पूरा गरेनन् । यदि गगन अति महत्वाकाङ्क्षाको रोगबाट ग्रस्त बनेका थिएनन् भने उनले अबको काङ्ग्रेस संसदीय दलको नेता र प्रधानमन्त्रीमा डा. शेखरको नाम प्रस्तावित गर्न सक्नुपर्दथ्यो ।

माओवादीमार्फत भित्रिएका एजेण्डाका हिमायती तथा एमसीसी परियोजनाका अघोषित प्रवक्ता ठानिएका गगनसँग चुनावमा प्रस्तुत गर्ने कुनै प्रभावकारी राजनीतिक एजेण्डा थिएनन् । त्यसैले उनले आफू प्रधानमन्त्री बन्ने हल्ला चलाए र हल्लाकै भरमा भेँडा भन्न नमिल्ने मानिसको मत उठाएर चुनाव पनि जिते । तर चुनावपछि पनि गगन प्रधानमन्त्री बन्ने प्रचारमै निरन्तर कायम रहन्छन् भन्ने ठानिएको थिएन । गगनले डा. शेखर कोइरालालाई नै साथ-समर्थन दिने विश्वास गरिएको थियो, तर उनले सामान्य शिष्टता पनि दर्शाएनन् । उनीभन्दा बरियतामा धेरै अगाडि रहेका डा. शेखर कोइराला, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, डा. शशाङ्क कोइराला, बालकृष्ण खाण, एनपी साउद, चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मालगायतको मान राख्ने शिष्टता दर्शाएनन् । काङ्ग्रेसको मौलिक परम्परा र मूल्य-मान्यताको अवज्ञा गर्ने धृष्टता गगनबाट भएको छ । यसले काङ्ग्रेसलाई र उनी स्वयम्लाई कति लाभ या हानी पुर्‍याउने हो- समयले नै जवाफ दिनेछ । जय मातृभूमि !