पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रेहम खानले अमेरिकामा रहेका पाकिस्तानी अभिनेता तथा व्यंग्यकार मिर्जा बिलालसँग विवाह गरेकी छन् । सन् २०१४ खानसँग विवाह गरेकी ४९ वर्षीया ब्रिटिश-पाकिस्तानी पत्रकार रेहमले ट्वीटरमा अमेरिकी शहर सिएटलमा एक साधारण निकाह समारोहमा बिलालसँग आफ्नो विवाह भएको घोषणा गरेकी हुन् ।
उनले आफ्नो र बिलालको निक्का समारोहको तस्विर पनि ट्विटरमा सेयर गरेकी छन् । पहिलो तस्बिरमा विवाहको औंठी देखाउँदै जोडीले हात समातेको देख्न सकिन्छ ।
रेहम र बिलाल दुवैको यो तेस्रो विवाह हो ।
रेहमको पहिलो विवाह इजाज रहमानसँग भएको थियो, जो एक मनोचिकित्सक हुन् । यो जोडीले सन् १९९३ मा विवाह गरे र सन् २००५ मा सम्बन्धविच्छेद भएको थियो ।
उनको दोस्रो विवाह इमरान खानसँग भएको थियो, जुन मुस्किलले १० महिना टिकेको थियो । जियो न्युजकाअनुसार यो जोडीले २०१४ मा विवाह गरेको थियो र २०१५ मा सम्बन्धविच्छेद भएको थियो ।
खानसँगको सम्बन्धविच्छेदपछि रेहमले उनलाई ‘विश्वासघाती’ भएको आरोप लगाएकी थिइन् ।
प्रतिक्रिया