सिड्नीबाट बिन्दुले भनिन् ‘छ मलाई रमाइलो..’

सिड्नीबाट बिन्दुले भनिन् ‘छ मलाई रमाइलो..’


  • राजन घिमिरे

प्रबासमा रहेता पनि नेपाली गीत संगीत क्षेत्रमा निरन्तर रूपमा लागिपर्दै आइरहेकी एक सर्जक हुन् बिन्दु पौडेल । लामो समयदेखि अष्ट्रेलियाको सिड्नीमा रहँदै आएकी बिन्दुले यतिबेला अष्ट्रेलियाको विभिन्न शहरहरूमा आयोजना हुने नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आफ्ना दह्रो उपस्थिति पनि जनाउँदै आइरहेकी छिन् । उनी अष्ट्रेलियामा समय-समयमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना पनि गर्ने गर्दछिन् ।

यसैबीच बिन्दुको आवाज रहेको गीत ‘काफलको दाना…’ले यसअघि नेपाली सांगीतिक बजार तताएको थियो भने अहिले उनी फेरि अर्को नयाँ सांगीतिक प्रस्तुति लिएर बजारमा आएकी छन् । ‘छ मलाई रमाइलो’बोलको गीत यसै साता बजारमा ल्याएकी बिन्दुलाई यो गीतमा पुरूष आवाजमा हिमाल सागरले साथ दिएका छन् भने भिडियोको मोडलमा सागर लम्साल क्षेत्री र वर्षा राउत रहेका छन् ।

गीतको रचना र संगीत भने दीपक शर्माको रहेको छ । नेपाल रहँदा पनि नेपाली गीत संगीतमा लागि परिरहेकी बिन्दुले यसरी प्रवासबाट पनि नेपाली गीत संगीतमा दिएको निरन्तरतालाई साँच्चै स्वागतयोग्य रूपमा मानिएको छ ।

www.youtube.com/watch?v=3OBOI3gB-To