कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । घर जल्दा पूर्व वडाध्यक्षको मृत्यु भएको छ ।
मादी गाउँपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष सुरजकुमार गुरुङको आगोले जलेर मृत्यु भएको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिएका छन् ।
आइतबार राति पौने ९ बजे आगलागी हुँदा गुरुङ घरभित्रै रहेका र घरसँगै जलेर उनको मृत्यु भएको बताइएको छ । तर, आगलागीको समयमा घरबाट निस्किन सक्ने अवस्था भएपनि उनी भित्रै रहनु रहस्यमय भएको भन्दै आशंका प्रकट गरिएको छ । गुरुङको घर ढुंगामाटो र टिनको छानाले छाइएको थियो ।
आगलागीमा नजिकै रहेको टौराज गुरुङको कोरियन प्रविधिले बनेको दुईतले घर पूर्ण रुपमा नष्ट भएको छ । घरमा रहेका अन्नपातदेखि सबैकुरा जलेर नष्ट भएको वडाध्यक्ष गुरुङले बताए । आगलागीको कारण भने अझै खुलेको छैन ।
राति करिव ११ बजे स्थानीय भेला भएर आगो निभाएका हुन् । क्षतिको विवरण आएको छैन । मृतक गुरुङ २०७४ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया