विकल्प पहिचान गर्न नसक्दाका पीडा !

विकल्प पहिचान गर्न नसक्दाका पीडा !


पश्चिमाहरू आफ्नो भूमिमा लडाइँ लड्दैनन्, अर्काको भूमिमा अर्कैलाई लडाएर आफू विजयी बन्न चाहन्छन्, यो उनिहरूको परम्परागत नियत हो । पुराना नेताहरूप्रति असन्तुष्टि प्रकट हुनु/गर्नु स्वभाविक हो, तर नयाँ चयन गर्दा विचार पुर्‍याइएन भने त्यसले देशलाई पुर्‍याउने भनेको रसातलमै हो ।

– देवप्रकाश त्रिपाठी

सोभियत सङ्घको विघटन एउटा महाशक्ति राष्ट्रको पतनको घटना थियो र, त्यही घटनापश्चात् संयुक्त राज्य अमेरिकाको एकलौटी प्रभावमा सिङ्गो विश्व पर्‍यो । भौगोलिक रूपले विश्वकै सबैभन्दा ठूलो मुलुक सोभियत सङ्घ त्यसरी सजिलैसँग गल्र्याङगुर्लुम ढल्छ भन्ने अनुमान बाहिरी संसारले गर्न सक्ने कुरा थिएन, तर अनुमान र कल्पना नगरिएको घटना भयो, एउटा महाशक्ति राष्ट्र सदाका निम्ति अस्तित्वविहीन भएर पन्ध्र टुक्रामा विभाजित हुन पुग्यो । विश्वको पहिलो कम्युनिष्ट मुलुक हुनुका नाताले उसको दायित्व अलिक बढी नै थियो । संसारका कम्युनिष्ट आन्दोलनहरूलाई भरणपोषण गर्ने अघोषित अभिभारा सोभियत सङ्घले नै लिएको थियो र, विश्वको धेरै मुलुकका कम्युनिष्टहरू सोभियत सङ्घमाथि आश्रित थिए । विघटन हुनुभन्दा केही वर्षअघिसम्म संसारको कैयन मुलुकका कम्युनिष्ट पार्टीहरूलाई अनुदान र लाखौँ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने सोभियत सङ्घको पतन भएपछि तिनमा आश्रित कम्युनिष्टहरूको बिल्लीबाठ हुन पुग्यो । तर त्यसरी एउटा शक्तिशाली देश विघटन गराउने नेतालाई तत्काल नोवेल शान्ति पुरस्कारले किन ‘सम्मानित’ गरियो, त्यो आफैमा एउटा रहस्यको रोचक विषय बनेको छ ।

हो, साम्यवाद स्थापना गर्ने र साम्यवादी आन्दोलनको नेतृत्व गर्ने भूत सवार भएकोले सोभियत सङ्घ आर्थिक रूपमा खोक्रो बन्दै गएको थियो, सरकारले आफूलाई भोकै राखेर अरुलाई सहयोग गरेको सोभियत जनतालाई मन परिरहेको पनि थिएन । बुढा कम्युनिष्ट नेताहरूको कार्य ब्यवहारबाट मानिस आजित भइसकेका थिए र, नयाँ युवाको काँधमा जिम्मेवारी दिन सके देशको अवस्थामा सुधार आउने विश्वास आम मानिसमा बढ्दै गइरहेको थियो । वरिष्ठ नेता आन्द्राइ ग्रोमिकोले कम्युनिष्ट पार्टीको महासचिवका रूपमा राज्य सम्हालिरहँदा असन्तुष्टि उम्लिएर पोखिने अवस्थामा पुग्नै लागेको थियो । त्यसक्रममा सोभियत एसेम्ब्ली र कम्युनिष्ट पार्टीको पोलिटब्युरोका सबैभन्दा कान्छा अर्थात् सबभन्दा युवा सदस्यलाई पार्टी महासचिवको जिम्मेवारी सुम्पनुपर्ने दबाब पैदा भयो । त्यसक्रममा हेर्दा ‘गुड लुकिङ’ ह्याण्ड्सम, भाषणकलामा अब्बल, मानिसलाई सजिलैसँग प्रभावित गर्न सक्ने ब्यक्तिको रूपमा मिखाइल गोर्वाचेवलाई लिइयो । गोर्वाचेव त्यसबेला ५२ वर्षका भए पनि उनी पोलिटब्युरो र एसेम्ब्लीका सबैभन्दा युवा सदस्य थिए । युवाले केही गर्छ र, सोभियत सङ्घको खस्कँदो हालतलाई माथि उठाउँछ भन्ने विश्वास आम मानिसमा थियो । मिखाइल गोर्वाचेवलाई शङ्काका दृष्टिले हेर्ने मानिस त्यसबेला सोभियत सङ्घमा हुँदै नभएका होइनन्, खासगरी पत्नीका क्रियाकलापले पनि मानिसहरू गोर्वाचेवलाई पश्चिमा शक्तिसँग जोडेर हेर्ने गर्दथे । तर गोर्वाचेवविरुद्ध कसैले टीकाटिप्पणी गर्दा तिनलाई कालो अरिङ्गालले झैँ झम्टने स्थिति थियो, उनका विरुद्ध सुन्ने मानसिकता सोभियत जनसाधारणमा थिएन ।

पुन:संरचना र खुलापनको गुलियो नारामा भुलाएर गोर्वाचेबले सोभियत बिरासतको बिसर्जन गरेको घटना गैरकम्युनिष्ट भएर सोच्दा ठीक लाग्न सक्छ, तर एउटा देशभक्त राष्ट्रवादी भएर सोच्नेहरूले उक्त घटनालाई सही ठहर गर्न सकिरहेका छैनन् । त्यसैले आज रसियामा कसैलाई देशद्रोही भन्नुपर्‍यो भने देशद्रोही नभनेर ‘गोर्बाचेव’ भनिन्छ । जसरी भारतका नटबरलाल ठगी धन्दाको पर्याय बने, आज कसैलाई नटवरलाल भनेपछि जसरी ठग भन्ने बुझिन्छ, त्यसरी नै रसियामा गोर्बाचेव भनेपछि स्वत: देशघाती भनेर बुझ्ने गरिन्छ ।

गोर्वाचेबले महासचिवको जिम्मेवारी सम्हालेको वर्षदिनपछि नै राष्ट्रपति आन्द्राइ ग्रोमिकोको निधन भयो, त्यसपछि पार्टी महासचिव र राष्ट्रपति दुवैै जिम्मेवारी गोर्वाचेवले लिए । उनले सोभियत सत्तामा एकाधिकार राख्ने बित्तिकै ग्लास्नोस्त (खुलापन) र पेरेस्त्रोइका (पुन:संरचना) को नारा (नीति) घोषणा गरे । गोर्बाचेवका कार्य व्यबहारले उनी सोभियत सङ्घको विघटन गराउन उद्दत रहेको महसूस गराउँथ्यो । तर उनका विरुद्ध बोल्ने हिम्मत कसैमा हुँदैनथ्यो । पहिले नै स्तालिनले सातो लिएका हुनाले पनि हुनसक्छ देशको कार्यकारी प्रमुखविरुद्ध बोल्ने क्षमता सोभियत जनताले गुमाएका थिए । दोस्रो विश्व युद्धपश्चात् जर्मनीको विभाजन गर्दै लगाइएको पर्खाल ढल्नैपर्ने थियो, ढल्यो । तर सोभियत सङ्घ ढल्नुपर्ने र विश्व शक्ति सन्तुलनको अवस्थाको अन्त्य हुनुपर्ने थियो कि थिएन भन्ने प्रश्न विश्व राजनीतिक इतिहासमा सधैं रहिरहने छ । पुन:संरचना र खुलापनको गुलियो नारामा भुलाएर गोर्वाचेबले सोभियत बिरासतको बिसर्जन गरेको घटना गैरकम्युनिष्ट भएर सोच्दा ठीक लाग्न सक्छ, तर एउटा देशभक्त राष्ट्रवादी भएर सोच्नेहरूले उक्त घटनालाई सही ठहर गर्न सकिरहेका छैनन् । त्यसैले आज रसियामा कसैलाई देशद्रोही भन्नुपर्‍यो भने देशद्रोही नभनेर ‘गोर्बाचेव’ भनिन्छ । जसरी भारतका नटबरलाल ठगी धन्दाको पर्याय बने, आज कसैलाई नटवरलाल भनेपछि जसरी ठग भन्ने बुझिन्छ, त्यसरी नै रसियामा गोर्बाचेव भनेपछि स्वत: देशघाती भनेर बुझ्ने गरिन्छ ।

स्तालिन कम्युनिष्ट भएर पनि देशभक्त थिए । त्यसैले उनले पन्ध्र राज्यहरूलाई एउटै सूत्रमा बाँध्न रसियन भाषालाई सबै राज्यको साझा भाषाका रुपमा विकाश गरेका थिए । तर गोर्वाचेबले सोभियत सङ्घ विघटन गराउनुभन्दा केही वर्षअघि नै स्तालिनको नीति खारेज गरेर सबै राज्यले आ-आफ्नै भाषामा सीमित भएर अघि बढ्न सक्ने ब्यवस्था गरेका थिए । यसरी भाषण कलामा निपुण नयाँ र युवा नेता खोज्दा सोभियत सङ्घ पतन भएको घटनाबाट चीनले भने पाठ सिक्यो । त्यसैले सन् १९७६ मा माओ त्से तुङको निधन भएपछि सङ्क्रमणकालिन नेतृत्व हुवा को फङलाई दिएर दुई वर्षभित्रै ७९ वर्षीय देङ सियाओ पिङलाई चीनले सत्ताको बागडोर सुम्पियो । माओकालमा चीन पनि तत्कालीन सोभियत सङ्घझैँ आर्थिक रूपले धराशायी भइसकेको थियो । विपन्नता र गरिबीले थिच्न थालेपछि माओविरुद्ध विद्रोह हुने पृष्ठभूमि बनिरहेको थियो । सम्भावित विद्रोहलाई रोक्न माओले सांस्कृतिक क्रान्तिका नाममा राज्य आतङ्क मच्चाएका थिए । वृद्ध नेता देङ्ले बडो सुझबुझका साथ परिपक्व निर्णय लिँदै अघि बढे । उनले लिएका नीतिको परिणाम नै आजको चाइनाको समृद्धि हो । बर्बाद हुँदै गरेको चीनमा पनि कुनै भाषणबाज केटोको हातमा सत्ता सुम्पिएको भए सायद आजको अवस्थामा चीन आइपुग्न सम्भव थिएन ।

पश्चिमी मुलुकहरू कसैलाई सहयोग गर्दा ठूलठूला भौतिक विकाश निर्माण या ठूला उद्योगहरूमा लगानी गर्ने गर्दैनन् । उनीहरू पढ्नका निम्ति विद्यालय भवन बनाइदिन एक लाख डलर खर्च गर्नुभन्दा ‘पढ्नुपर्छ है’ भन्ने हल्ला चलाउनका निम्ति दस लाख डलर खर्च गर्नु उपयुक्त ठान्छन् । गरीबलाई पाइखाना बनाउन पन्ध्र हजार उपलब्ध गराउनु भन्दा पाइखाना बनाउनुपर्छ भन्ने हल्ला गराउन पन्ध्र लाख खर्च गर्नु उपयुक्त ठान्छन् ।

सत्तासीनहरूले बिरलै प्रशंसा पाउँछन्, उनिहरूले निरन्तर पाइरहने भनेको आलोचना र गाली नै हो । मिलाएर गाली गर्दै सस्तो लोकप्रियता खोज्ने झिल्केलाई देश जिम्मा लगाउँदा कस्तो दुर्गति भोग्नुपर्ने हुन्छ भन्ने कुराको ताजा दृष्टान्त बोलोदोमिर जिलेन्स्की बनेका छन् । उनी एक राम्रा युवा हास्य कलाकार थिए र आफ्नो कलामार्फत नेतृत्वको खिल्ली उडाएर उनी युक्रेनमा चर्चित बनेका थिए । उनको चर्चालाई राजनीतिसँग जोडेर जसले राष्ट्रपतिसम्म बनाइदियो, तिनैले जिलेन्स्कीको काँधमा बन्दुक राखेर पड्काइरहेछन् । पश्चिमाहरू आफ्नो भूमिमा लडाइँ लड्दैनन्, अर्काको भूमिमा अर्कैलाई लडाएर आफू विजयी बन्न चाहन्छन्, यो उनिहरूको परम्परागत नियत हो । पुराना नेताहरूप्रति असन्तुष्टि प्रकट हुनु/गर्नु स्वभाविक हो, तर नयाँ चयन गर्दा विचार पुर्‍याइएन भने त्यसले देशलाई पुर्‍याउने भनेको रसातलमै हो ।

परिवर्तन अर्थात् क्रान्ति सृष्टिकै नियम हो, यो निरन्तर चलिरहन्छ । तर परिवर्तनको अभिभारा देङ सियाओ पिङ र मण्डेला जस्ताको हातमा नसुम्पिएर रोबर्ट मुगावे, लेण्डुप दोर्जे, जिलेन्स्की र गोर्वाचेब जस्ताको हातमा पुग्दा देशले विकराल सङ्कटको सामना गर्नुपर्ने हुन्छ । राजनीति या राज्य सञ्चालन कार्य मनोरञ्जन या ठट्टाको विषय होइन, ठट्टा र मनोरञ्जन ठान्दा सोभियत सङ्घदेखि कुनै समयको स्वतन्त्र राज्य सिक्किमसम्मले परिणाम भोगिसकेका छन् । सिक्किमलाई भारतले युद्ध लडेर आफूमा समाहित गराएको नभइ क्रान्तिको आवरणमा जनतालाई भुलभुलैयामा पार्ने झिल्केहरूमाथि भर पर्नुको परिणाम हो त्यो । सिक्किमे नेता जसलाई भारी मत दिएर जनताले चुनेका थिए, तिनैको निर्णयले सिक्किम नामेट भएको हो ।

नेपालमा पनि अनेकौँ आकारप्रकारका झिल्केहरूको उत्पादन रहस्यमयी किसिमबाट हुँदैछ । पश्चिमी मुलुकहरू कसैलाई सहयोग गर्दा ठूलठूला भौतिक विकाश निर्माण या ठूला उद्योगहरूमा लगानी गर्ने गर्दैनन् । उनीहरू पढ्नका निम्ति विद्यालय भवन बनाइदिन एक लाख डलर खर्च गर्नुभन्दा ‘पढ्नुपर्छ है’ भन्ने हल्ला चलाउनका निम्ति दस लाख डलर खर्च गर्नु उपयुक्त ठान्छन् । गरीबलाई पाइखाना बनाउन पन्ध्र हजार उपलब्ध गराउनु भन्दा पाइखाना बनाउनुपर्छ भन्ने हल्ला गराउन पन्ध्र लाख खर्च गर्नु उपयुक्त ठान्छन् । नेपाल मात्र होइन संसारभरी नै पश्चिमा नीति र व्यबहार यसैगरी चल्ने गर्दछ ।

माओकालमा चीन पनि तत्कालीन सोभियत सङ्घझैँ आर्थिक रूपले धराशायी भइसकेको थियो । विपन्नता र गरिबीले थिच्न थालेपछि माओविरुद्ध विद्रोह हुने पृष्ठभूमि बनिरहेको थियो । सम्भावित विद्रोहलाई रोक्न माओले सांस्कृतिक क्रान्तिका नाममा राज्य आतङ्क मच्चाएका थिए । वृद्ध नेता देङ्ले बडो सुझबुझका साथ परिपक्व निर्णय लिँदै अघि बढे । उनले लिएका नीतिको परिणाम नै आजको चाइनाको समृद्धि हो । बर्बाद हुँदै गरेको चीनमा पनि कुनै भाषणबाज केटोको हातमा सत्ता सुम्पिएको भए सायद आजको अवस्थामा चीन आइपुग्न सम्भव थिएन ।

नेपालमा भारतले सिद्धार्थ राजमार्ग, त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्गका दर्जनौँ पुल, त्रिशुली नदीमा पहिलो जलविद्युत् आयोजना एवम् हुलाकी सडक निर्माणलगायत सयौँ विद्यालय र कलेज भवन तथा अस्पतालहरूको निर्माण गरिदिएको छ । अर्को छिमेकी चीनले पनि कोदारी राजमार्ग, पृथ्वी राजमार्ग, चक्रपथ, गोर्खा-नारायणघाट राजमार्ग, बागलुङ-पोखरा राजमार्ग, बाँसबारी छालाजुत्ता कारखाना, हेटौँडा कपडा उद्योग, भृकुटी कागज कारखाना, गोरखकाली रबर उद्योग, हरिसिद्धी र भक्तपुर इँटाटायल उद्योग मात्र होइन नेपालसँग इन्धन खानी नभएको यथार्थलाई विचार गरि पचास वर्षअघि नै विद्युतीय बस (ट्रली बस) समेतको ब्यवस्था गरेर महत्वपूर्ण सहयोग पुर्‍याएको हो । त्यसैगरी तत्कालीन सोभियत सङ्घले पनि जनकपुर चुरोट कारखाना, वीरगन्ज कृषि औजार र चिनी कारखानाहरूको स्थापना गरिदिएको हो । तर अहिलेसम्म पश्चिमाहरूले नेपालको रोजगारी प्रवद्र्धन हुने कुनै पनि स्तरका उद्योग ब्यवसाय या परियोजनामा लगानी गरेका छैनन् । समाजलाई दिग्भ्रमित र विभाजित गर्ने कार्यमा भने पश्चिमीहरू निकै उत्साही भएर लगानी गर्ने गर्छन् ।

सन् २०१९ को डिसेम्बरमा अमेरिकी कङ्ग्रेसले भारत, नेपाल र चीन (तिब्बत) मा प्रजातन्त्र सुदृढीकरण गर्ने शीर्षक अन्तर्गत प्रतिवर्ष एक्काइस करोड डलर (सन् २०२४ सम्म खर्च गर्नेगरी) पारित गर्‍यो । उक्त रकम नेपालमा कसरी आइरहेको छ र, क-कसको दराजमा पुगेको छ भन्ने मात्र बुझियो भने पनि नेपाली राजनीतिमा बिना कुनै पृष्ठभूमिका व्यक्तिहरूको फुर्तिफार्तिको रहस्य बुझ्न सकिन्छ । नीति निर्माण तहसम्म आफ्ना मानिसलाई पुर्‍याउने र काम पट्याउँदै जाने पश्चिमी जालमा नेपाल परिसकेको छ । थाहै नपाइकन हामी जनता आफै गोर्वाचेव र जिलेन्स्कीहरू उत्पादनको सहयोगी भूमिका निर्वाह गर्दैछौँ । गम्भीरतापूर्वक विचार गरौँ, सकिन्छ भने देशलाई यो चक्रब्यूहबाट बाहिर निकालौँ, सकिन्न भनेपनि ‘जिलेन्स्की र गोर्वाचेबहरू’को सहयोगी नबनौँ । हो, पुराना पार्टी र नेता असफल भइसकेका छन्, यिनको विकल्प खडा गर्न बिलम्ब भइसकेको छ । सही विकल्पको पहिचान गर्न सकिएन भने आजको इराक, अफगानिस्तान, पूर्व सोभियत सङ्घ, विघटित युगोस्लाभिया र सिक्किमको नियति नेपालले भोग्ने दिन धेरै टाढा छैन भनेर बुझ्नुपर्ने हुन्छ, जय मातृभूमि !