बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको तारा टोलमा स्थानीयबीच झडप हुँदा एक जनाको निधन भएको छ । शुक्रबार साँझ जितगढीनजिकै भएको झडपममा ६० वर्षीय यमप्रसाद नेपालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय युवतीको विषयमा स्थानीयहरुका बीचमा झडप भएको र सो क्रममा उनको निधन भएको हो । झडपममा घाइते भएका नेपाललाई उपचारको लागि जितगढीमा रहेको एडमन्ड सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो ।
उपचारको क्रममा यमप्रसाद नेपालको निधन भएको प्रहरीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ । www.ghatanarabichar.com/267282
प्रतिक्रिया