प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को काज सरुवा गरेको छ । कार्यालयले बिहीबार अर्को आदेश नभएसम्मका लागि भन्दै उनीहरुलाई काज सरुवा गरेको हो ।
कार्यालयले गरेको काज सरुवाको पत्राचारअनुसार डीआईजी वसन्तबहादुर कुँवरलाई मधेश प्रदेश प्रहरी कार्यालय, पोषराज पोख्रेललाई प्रहरी महानिरीक्षकको सचिवालय, भीमप्रसाद ढकाल कर्णाली प्रदेश कार्यालय, दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा सरुवा गरिँदा मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा ल्याइएको छ ।
अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् । टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, बुद्धिराज गुरुङ गण्डकी प्रदेश प्रमुख कार्यालय, श्यामलाल ज्ञवाली प्रदेश १ प्रहरी कार्यालय विराटनगर, किरण राणा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सुदीप गिरी विशेष ब्युरोमा सरुवा गरिएको छ ।
प्रतिक्रिया