पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना


प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनामा परेको हो ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । अवतरण गर्ने क्रममा पुरानो र नयाँ विमानस्थलको बीचमा ९ एन–एएनसी एटीआर–७२ विमान सेती नदी किनारमा दुर्घटना भएको हो ।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोँचमा विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताल र एम्बुलेन्सलाई उच्च तयारीमा रहन निर्देशन दिएका छन् ।

यसैक्रममा जहाज दुर्घटना भएलगत्तै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीले प्रभावकारी ढंगले उद्धारमा लाग्न गृहमन्त्रालय, सुरक्षाकर्मी, सरकारका सम्पूर्ण निकायलाई निर्देशनसमेत दिएका छन् ।