परेवाटारमा धार्मिक महोत्सव हुने

परेवाटारमा धार्मिक महोत्सव हुने


  • विकास रौनियार, धादिङ

धादिङको सिद्धलेक गाउँपालिका-६ परेवाटारमा यही माघ ८ देखि १६ गतेसम्म संगीतमय श्रीमद् भागवत सप्ताह घनधाञ्यचल ज्ञान महायज्ञ एवं परेवाटार धार्मिक महोत्सव हुने भएको छ ।

लक्ष्मीनारायण मन्दिर प्राङ्गणमा चण्डेश्वर शिव मन्दिर, चण्डिकादेवी एवं विशाल धर्मशाला निर्माण गर्ने उद्देश्यले महायज्ञ हुन लागेको हो । विश्व भागवत धाम कोष नेपाल सिद्धलेक-६, परेवाटारको आयोजनामा हुने महायज्ञको विषयमा सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । महायज्ञको पहिलो दिन माघ ८ गते बिहान ९ बजे कलश यात्रा तथा दिउँसो १ बजे समुद्घाटन हुने आयोजकले जनाएको छ ।

माघ १५ गते अपरान्ह ४ बजे श्रीमद्भागवतमा तील अर्पण, माघ १६ गते अभिषेक, पूर्णाहुती शान्ति कलश वितरण दाता’ सम्मान तथा यज्ञ समापन कार्यक्रम रहेको संयोजक विष्णुप्रसाद थपलियाले बताउनुभयो । महायज्ञमा प्रत्येक दिन विहान ७ बजेदेखि १० बजेसम्म नित्य पूजा तथा पाठ पारायण हवन, प्रत्येक दिन बिहान १० बजे देखि ५ बजेसम्म संगितमय श्रीमद् भागवत कथा वाचनसहित दाता सम्मान, प्रत्येक दिन बेलुकी ७ बजेदेखि १० बजेसम्म महात्म्य कथा भजन कृतन र झाँकी प्रदर्शनको कार्यक्रम रहेको छ ।

बालतपस्वी पण्डित उत्तम भट्टबाट प्रवचन दिइने महायज्ञमा २१ हजार भन्दामाथि दान गर्नेहरूको नाम शिलालेखमा लेखिने बताइएको छ ।