मिटरब्याजी समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

मिटरब्याजी समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छु। मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित भएका छन्, यसलाई मैले राम्रोसँग बुझेको छु। यसपटक तपाईंहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेको प्रचण्डका प्रेस संयोजक सूर्यकिरणले जानकारी दिए ।