सभामुख घिमिरेले गरे प्रदीप नेपालसँग भेटवार्ता

सभामुख घिमिरेले गरे प्रदीप नेपालसँग भेटवार्ता


प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले र एमालेका पुराना नेता प्रदीप नेपालसँग भेटवार्ता गरेका छन् ।

गत बिहीबार सभामुखमा चयन भएका घिमिरे आइतबार नेता नेपाललाई भेट्न गोठाटारस्थित उनको निवास पुगेका थिए । भेटमा एमाले सांसद सूर्य थापा पनि सहभागी थिए ।

प्रदीप नेपाल पार्टीका अग्रज नेता र सभामुखका नातेदार पनि भएकाले उनीहरूबीच भेटवार्ता भएको थापाले जानकारी दिए । घिमिरे नाताले नेपालका भाञ्जा पर्छन्