पाँच पाइलटलाई निलम्बन गर्न निर्देशन

पाँच पाइलटलाई निलम्बन गर्न निर्देशन


नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।

नेपाल वायुसेवा निगमका पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई प्राधिकरणले कारबाहीको निर्देशन दिएको हो । यस्तै, प्रशन्न राना र वाइपी जुवारचनलाई पनि निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा हङकङको एटीसीको इन्स्ट्रक्सन नमानेको आरोपमा घिमिरे, कुशवाह र विश्वकर्मालाई तथा काठमाडौंबाट जापान उड्ने क्रममा स्टान्डर अप्रेशनल प्रोस्युड्युल पालना नगरेकाले राना र जुवारचनलाई निलम्बनको निर्देशन दिइएको हो ।

जहाज विमानस्थलमा अवतरण गर्दा एटीसीको नियम पालना गर्नुपर्ने तथा उसैको निर्देशनअनुसार अवतरण गर्नुपर्ने हुन्छ । नेपाल वायुसेवा निगमका पाइलटले त्यसलाई फलो नगरेको पाइएपछि कारबाहीका लागि निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको निर्देशनसँगै निगमले पाँचै पाइलटलाई निलम्बन गर्नुपर्ने र त्यसपछि, प्राधिकरणले ती पाइलटलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने प्राधिकरणले जनाएको छ ।