पाउँदै नपाएको ओहोदाको प्रमाणपत्र पाएको भनी प्रचार गर्ने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कुनै पनि आधिकारिक निकायबाट प्रमाणित नभएको प्रोफेसरको ओहोदा पाएको भनी प्रचार गराएको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
यस्तै, डा. ज्ञानेन्द्रलाई प्रोफेसर पदको अनुमोदनका लागि डा. ज्ञानेन्द्रमान सिंह कार्कीले मतियारको भूमिका निर्वाह गरेको ठहर आयोगले गरेको छ । सिफारिश गर्नसम्म सक्नेमा उनले काठमाडौं विश्वविद्यालयमा नियुक्ति दिएकाले नपाएको ओहोदाको प्रमाणपत्र प्रयोग गरेको र त्यसमा मतियारको भूमिका निर्वाह गरेको भन्दै आयोगले दुवैलाई कानूनअनुसार कारबाहीको माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।
प्रतिक्रिया