एकीकृत शक्ति नेपालको केन्द्रीय समिति पुनर्गठन

एकीकृत शक्ति नेपालको केन्द्रीय समिति पुनर्गठन


त्रिशुल चुनाव चिन्हधारी राजनीतिक समूह एकीकृत शक्ति नेपालका अध्यक्षले केन्द्रीय समितिको पुनर्गठन गरेका छन् । पुनर्गठित समितिलाई माघ ७ गते सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको छ ।

अनुमोदित समितिमा अध्यक्ष- देवप्रकाश त्रिपाठी, वरिष्ठ उपाध्यक्ष- डा. मनोहरलाल श्रेष्ठ, उपाध्यक्षहरू भोजराज अधिकारी, शम्भुमान सिंह, भास्कर पन्त, जयबहादुर चन्द र एल्सा झा, महासचिव- सुभास प्रसाद पाण्डे, सचिवहरू नरेश चौलागाईं, सुवास आचार्य, एलबी मोक्तान, अर्जुनबाबु दाहाल र राजेन्द्र राना मगर, कोषाध्यक्ष- श्यामसुन्दर शर्मा, उपत्यका संयोजक- जुलुमरत्न डङ्गोल तथा वरिष्ठ सल्लाहकार डा. अरुणकुमार सिंह रहेका छन् ।

यस्तै, सदस्यहरूमा श्रामणेर आनन्द (भिक्षु आनन्द ), उपेन्द्रकुमार भट्टराई, गोपाल नेपाल, गणेश बन्जारा, अक्षता प्रधान, दीपक सिंह महर्जन, नवराज भण्डारी, वसन्त पोखरेल, देवीप्रसाद शिवाकोटी, फणिन्द्र श्रेष्ठ, झंकबहादुर रिजाल, अमितकुमार गुप्ता, अन्पु अधिकारी, सन्जय पुडासैनी, बिन्दु बुढाथोकी बस्नेत, रूपा पौडेल, सुरेश महर्जन, सुन्दर मिजार, कल्पना मेगाले मगर, रेशम डुम्रे, विद्या अधिकारी, मोहम्मद रेहान, नवीन रिसाल, गीता सेढाईं, सुशील देवकोटा, टुङ्गराज पाठक, श्रीराम श्रेष्ठ, भानुराज कोइराला, माधव लम्साल, सृजन खागी, इन्दिरा बन्जारा, लक्ष्मी श्रेष्ठ, घनश्याम पाण्डे, पदम दोङ, माधव लम्साल, सागर सुवेदी, हेमकुमारी शर्मा, आरती राना मगर, श्रीजना श्रेष्ठ, डा. अमृत बन्जारा, सुष्मा खड्का, अस्मिता प्रधान, मेराजुद्दिन मिया, मधुसुदन खड्का, बालकृष्ण श्रेष्ठ, विभा भुसाल, टोपबहादुर ऐजवाल, सविना बेगम, मीरा चौधरी, लक्ष्मी श्रेष्ठ, काजी कार्की र शान्त महर्जन रहेका छन् ।