आत्मदाहको प्रयास गरेका आचार्यको उपचारका क्रममा निधन

आत्मदाहको प्रयास गरेका आचार्यको उपचारका क्रममा निधन


मंगलबार नयाँ बानेश्वर काठमाडौंमा आत्मदाहको प्रयास गर्ने युवाको उपचारका क्रममा निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ५ बजे ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका चिकित्सक किरण नकर्मीका अनुसार शरिरको अधिकांश भाग जलेको हुनाले बचाउन नसकिएको हो । ​

इलामको सूर्योदय नगरपालिका निवासी आचार्यले मंगलबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो । घटनास्थलबाट तत्कालै उद्दार कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो। ​