photo: rss
प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् ।
भेटका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउने कि नबनाउने भन्ने विषयमा पनि छलफल भएको थियो । तर नेताहरु के निचोडमा पुगे भन्ने सार्वजनिक गरिएको छैन ।
नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार लामिछानेको मन्त्री र सांसद पद बदर गरिदिएको थियो । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिइसकेका छन् । फैसलाबाट पदमुक्त भएका लामिछानेले सोही दिन राजीनामा बुझाएका थिए ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डनेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका थिए ।
प्रतिक्रिया