जसपा र उन्मुक्ति पार्टीबीच एकताको छलफल

जसपा र उन्मुक्ति पार्टीबीच एकताको छलफल


जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सम्भावनाबारे छलफल भएको छ ।

जसपाको तर्फबाट वार्ता समितिको संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट र छलफल भएको हो ।

मंगलबार बिहान भएको भेटमा दुईबीच करिब एक घण्टा छलफल भएको बताइएको छ ।

नागरिक उन्मुक्ति पार्टी खोल्नुअघि रेशम चौधरी जनता समाजवादी पार्टी, नेपालकै कार्यकारिणी सदस्य भएको कारण उनीसँग पार्टी एकता सहज हुन सक्ने आँकलनका साथ छलफल अगाडि बढाइएको बताइएको छ ।