आजको पञ्चाङ्ग एवम् राशिफल (२८ माघ २०७९ शनिबार, ११ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ माघ २०७९ शनिबार, ११ फरवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ २८ गते शनिबार तद्अनुसार सन् २०२३ फरवरी ११ तारिख फाल्गुन कृष्ण पक्षको षष्ठी तिथि चित्रा नक्षत्र शूल योग गर करण आनन्दादिमा काण योग चन्द्रमा १०ः१५ बजेसम्म कन्या राशिमा त्यसपछि तुला राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः४७ मा र सूर्यास्त साँझ १७ः५१ बजे हुनेछ ।

आजको राशिफल

मेष – शुभता र आरोग्यतावृद्धिको समय छ । मित्रजनको को साथ प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन् भने व्यवसायमा फाइदा होला । प्रतिभा प्रदर्शनको माध्यमबाट अरूलाई आकर्षित गर्न सकिनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन बौद्धिक र रचनात्मक काममा सफलता मिले पनि बोलीको गलत अर्थ लाग्नाले विवादमा पर्ने र सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्ने सम्भावना छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । यसका बाबजुद सामाजिक प्रतिष्ठा मिल्ने र गरेका कामको प्रशंसा हुने योगका कारण आशा उत्साह थपिनेछ । मित्रजनको साथ प्राप्त होला । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – मिश्रित परिणाम दिने खालको दिन छ । आरोग्यता र प्रेमभाव वृद्धि होला । आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने योग छ । प्रयत्न गरेमा पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । कार्यगति वृद्धि भइ प्रयासरत काम बन्नेछ ।

कर्कट – व्यस्तता र साहस बढ्नेछ । मिठो भोजन प्राप्तिका साथै मनोरञ्जनपूर्ण तरिकाले दिन बित्न सक्छ । काममा उत्साह थपिनेछ । खर्च भए पनि मान सम्मान तथा प्रतिष्ठा कमाउने बेला छ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – पराक्रम वृद्धि हुनेछ । आनन्द बढ्नेछ । सामर्थ्य बढ्नेछ । सुख बढ्नेछ । ऋण,रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आरोग्य बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । रसराग वृद्धि हुनेछ ।

कन्या – धन मान वृद्धि हुने र मनोकूलको काम बन्ने समय छ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । साझेदारीको काम पनि बन्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पर्ला । रसरागात्मक क्रियाकलापमा मन जाला । सुख बढ्नेछ ।

तुला – आरोग्यता वृद्धि हुने तथा बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ने समय छ । रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रै फाइदा हुनेछ । टाढाका शुभचिन्तकहरूले समेत साथ दिनाले आँटेका काम पूरा हुनेछन् । । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ । तर काममा अलिक प्रतिस्पर्धाको अनुभूति भने गर्नुपर्ला ।

वृश्चिक – शभ समाचार प्राप्त हुने दिन छ । समय लाभदायक देखिन्छ । सहयोगीहरूले साथ र हौसला दिनेछन भने प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । मनोकूलको काम बन्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यश वृद्धि होला ।

धनु – आयबल बढ्ने र व्यवसायको लागि यात्रासमेत गर्नुपर्ने समय छ । रोकिएको खास काम आज बन्ने सम्भावना प्रवल रह्कोले प्रयत्न गर्नुहोला । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूको मन जितेर अवसर हात पार्न सकिनेछ । दैनिक काममा सफलता मिल्नेछ । आजको दिन चोटपटक लाग्नुबाट बच्नका लागि विशेष सचेत रहनुहोला ।

मकर – कर्मबल बढ्ने योग भए पनि आज घरायसी समस्याले सताउने र आकस्मिक खर्च बढ्ने सम्भावना छ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुन सक्छ, बेलैमा सचेत रहनु हितकर होला । झमेला, विवादमा पर्ने तथा चोटपटक समेतको योग छ । रसरागात्मक क्रियाकलापमा भने सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।

कुम्भ – आजको दिन त्यति सुखकारी देखिन्न । जोखिम बढ्नेछ । आँटेका काम मुस्किलले मात्र बन्नेछन् । अर्थको अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन । खर्च बढ्ने र भोतिक साधनको क्षति हुने समय छ । पठनपाठनमा पनि त्यत्ति ध्यान दिन नसकिएला । वार्तामार्फत काम लिने कुरामा सफलता मिल्नेछ ।

मीन – समय फलदायक रहनेछ । दाम्पत्य सुख वृद्धि होला । दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका जुर्न सक्छ । भाग्यबल र सुखको वस्तु बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।