आजको पञ्चाङ्ग एवम् राशिफल (४ फागुन २०७९ बिहीबार, १६ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ फागुन २०७९ बिहीबार, १६ फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण ४ गते बिहीबार तद्अनुसार सन् २०२३ फरवरी १६ तारिख फाल्गुन कृष्ण पक्षको एकादशी तिथि मूल नक्षत्र वज्र योग बब करण आनन्दादियोगमा धूम्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४३ बजे र सूर्यास्त साँझ १७ः५४ बजे हुनेछ । विजया एकादशी व्रत ।

आजको राशिफल

मेष – दिन अलिक प्रतिकुल रहला । काममा द्विविधाको अवस्था रहने र निर्णायक क्षमतामा कमी आउला । अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ने योग छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौतीको सामना गर्नुपर्नेछ । व्यापार तथा उद्योगतर्फ भने फाइदा नै होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – दौडधुप बढ्नेछ भने बढी मिहिनेतले काममा सफलता दिलाउला । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। व्यापारमा फाइदा होला । गरेका कामबाट प्रशस्त लाभ हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । रसरागमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – आजको दिन सामर्थ्य बढ्नेछ भने साझेदारीको काममा सफलता प्राप्त होला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । आरोग्यता वृद्धि हुनेछ । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आरोग्यता बढे पनि आजको दिन त्यति सुखकारी अनुभूति नहोला । बाध्यतापूर्ण काममा समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला । लेनदेनमा विवाद आउने योग छ, सहयोगको तत्परता देखाउनेहरूबाट धोका हुन सक्छ, सजग रहनुहोला । मानसम्मान ख्याति फैलिनेछ ।

सिंह – अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । आफ्नै प्रयासले रोकिएका काम बन्नेछन् । केही मात्रामा खर्च बढ्नेछ तर नयाँ काम पाइने योग छ । मातापिताको विशेष सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ । प्रेमभाव बढ्नेछ । आफन्तसित भेटघाट हुनेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ ।

कन्या – आजको दिन ब्यस्तता बढ्नेछ, कार्य क्षमता वृद्धि होला । पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । परिवारजनको भरणपोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । भाग्यबल बढ्नेछ । विलासमा रुची बढ्नेछ । आशा उत्साह थपिनेछ ।

तुला – पराक्रम वृद्धि हुनेछ । रोकिएको काम बन्ने समय छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । आफन्तको सहयोग र समर्थन मिल्नेछ ।

वृश्चिक – आजको दिन शुभदायी छ । भाग्योन्नति होला । आरोग्यता वृद्धि हुनेछ । नयाँ दायित्व प्राप्त होला । कर्मबल बढ्नेछ । पढाइमा राम्रै प्रगति हुनेछ । परिश्रम धेरै गर्नुपर्ने समय छ र परिश्रमअनुसार काममा सफलता मिल्नेछ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – विभिन्न अवसर पाइने समय छ, तर सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु उपयुक्त हुनेछ ।

मकर – चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने दिन छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग भए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । रसरागमा रुचि बढ्ला । धैर्यले काम लिने समय छ । बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – आयबल र आरोग्यता बढ्ने समय छ । रसरागको भाव वृद्धि हुनेछ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पितृधन समेत लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । आर्थिक पक्ष बलियो बन्नेछ ।

मीन – कर्मबल वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् तथापि, रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ ।