कुलपतित्रयद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

कुलपतित्रयद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण


  • तस्बिर : रासस

नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई शपथ गराउनुभएको हो ।

सो अवसरमा प्रधानमन्त्रीले तीनैजनालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।