आजको पञ्चाङ्ग एवम् राशिफल (६ फागुन २०७९ शनिबार, १८ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ फागुन २०७९ शनिबार, १८ फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं.२०७९ फाल्गुण ६ गते शनिबार तद्अनुसार सन् २०२३ फरवरी १८ तारिख फाल्गुन कृष्ण पक्षको त्रयोदशी तिथि उत्तराषाढ़ा नक्षत्र व्यतिपात योग गर करण आनन्दादियोगमा राक्षस योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४१ बजे र सूर्यास्त साँझ १७ः५६ बजेमा हुनेछ । महाशिवरात्रि व्रत, शनि प्रदोष व्रत, पशुपतिनाथलगायत शिवमन्दिर भएका ठाउँमा मेला ।

आजको राशिफल

मेष – कर्मबल बढ्ने योग भए पनि आजको दिन स्वास्थ्य कमजोर रहन सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ भने सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। हुलमुलमा धनमाल हराउन सक्छ, होसियार रहनुहोला । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । सन्तानबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला ।

वृष – समय मिश्रित फलदायी रहला । पर्याप्त मिहिनेतबाट काम बन्नेछ भने आज रसरागमा आकर्षण बढ्नेछ । खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । सुखदुःखमा साथ दिनेहरू भने प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । बोली र व्यक्तित्वको प्रभाव भने बलियो बन्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – आजको दिन शुभदायी छ । काममा सफलता प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । नसोचेको ठाउबाट धनको लाभ हुने देखिन्छ, साथै ब्यापार ब्यबसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त होला । सहयोगीहरूले राम्रो साथ दिनेछन्। आरोग्यता वृद्धि हुनेछ । रसरागमा रुचि बढ्नेछ ।

कर्कट – दिन राम्रै छ । आरोग्यता बढ्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने योग भए पनि रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । सुख वृद्धि हुनेछ । रोकिएका काम बन्नेछन् । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । सुख शांति बढ्नेछ ।

सिंह – आजको दिन भौतिक साधनको क्षति तथा रुपैयाँपैसा हानी हुने देखिन्छ । अरूका काममा समय बित्न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ। काम पूरा नहुनाले मन खिन्न रहनेछ। स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा समय दिन नसकिएला। धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला। यसका बाबजुद मिठो भोजन प्राप्त हुनेछ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – आज प्रेमभाव बढ्नेछ तर आफ्नै कमजोरीले विवादमा परिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई चाँि फाइदा नै हुनेछ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। अनावश्यक भ्रमणमा समय बित्न सक्छ। केही प्रतिस्पर्धा हुने सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – दिन राम्रो छ । रोकिएको काम बन्नेछन् । आफन्तको सहयोग समर्थन मिल्नेछ । दिगो योजना प्रारम्भ हुन सक्छ। साझेदारीमा फाइदा हुनेछ। सवारीसाधन चलाउँदा आज विशेष सावधानी अपनाउनुहोला । नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ। रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – आज पराक्रम वृद्धि हुनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ, सोचविचार गरी अघि बढ्नुहोला । नयाँ दायित्व प्राप्त हुनेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला।

धनु – धन मान महत्व बढ्नेछ । देखिएको समस्याको समाधान पनि गर्नुहुनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । प्रयत्न गर्दागर्दै पनि सफलता हात लाग्ला । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । तर, मनोकूलको काम बन्नेछ ।

मकर – आजको दिन आरोग्यता बढ्नेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ ।

कुम्भ – आजको दिन लगानी बढ्ने सम्भावना छ । व्यापारमा मनग्य फाइदा हुनेछ तर विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ। रसरागको भाव वृद्धि हुनेछ । मनोकूलको काममा सफलता मिल्नेछ ।

मीन – शुभता बढ्ने समय छ । आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आशा उत्साह बढ्नेछ । इष्टमित्र सन्तानबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।