त्रिपन्न किलो गाँजासहित दुई जना पक्राउ

त्रिपन्न किलो गाँजासहित दुई जना पक्राउ


पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बिहान १ बजे राप्ती नगरपालिका-१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको बा.३च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएको हो ।

पक्राउ परेका उनीहरुको थप अनुसन्धान जारी रहेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।