आजको पञ्चाङ्ग एवम् राशिफल (१० फागुन २०७९ बुधबार, २२ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० फागुन २०७९ बुधबार, २२ फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ फाल्गुण १० गते बुधबार तद्अनुसार सन् २०२३ फरवरी २२ तारिख फाल्गुन शुक्ल पक्षको द्वितीया तिथि ९ः१७ पर तृतीया तिथि पूर्वाभाद्रपद नक्षत्र साध्य योग तैतिल करण आनन्दादिमा पद्म योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः३८ मा भयो र सूर्यास्त साँझ १७ः५९ बजे हुनेछ ।

आजको राशिफल

मेष – आज स्वास्थ्य सवल रहला । मित्रजनको साथ प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्ने छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ। मान, सुख बढ्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आयबल बढ्ने र आर्थिक कार्यक्रममा सफलता प्राप्त हुने दिन भए पनि अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । विशेष योजनाका काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – कर्मबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने योग पनि छ । मेहनतअनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । कार्यगति वृद्धि हुनेछ ।

कर्कट – दिन त्यति शुभदायी नरहला । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुपर्नेछ । अनावश्यक दौडधुपमा समय बित्नेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन्, सचेत रहनुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – दौडधुप बढ्नेछ । रमाइलो यात्रा हुने सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आम्दानी बढढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रसरागमा वृद्धि हुनेछ ।

कन्या – सुख वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – कीर्तिमानी काम गर्ने समय छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। आफ्नै कमजोरीले विवादमा परिनेछ योग पनि परेकोले सचेत रहनुहोला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । मिठो भोजन ग्रहण गर्ने अवसर मिल्ला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – दिन उत्साहवर्द्धक रहला, रमाइलोसँग बित्ला । प्रेमभाव र आरोग्यता वृद्धि हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । कामको चापबाट पनि फुर्सद पाइनेछ । यश वृद्धि हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – व्यस्तता र आरोग्यता बढ्नेछ । आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा बढी नै फाइदा हुने समय छ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । सुख समृद्धि बढ्नेछ ।

मकर – आजको दिन सोचि–सम्झी व्यवहार गर्न विशेष प्रयत्न गर्नु हितकर होला । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषायमा चासो लिँदा झमेला आइपर्न सक्छ, ध्यान राख्नुहोला । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । यात्रा होला । आफन्त तथा मित्रजनको साथ भने मिल्नेछ ।

कुम्भ – आजको दिन संघर्षमय रहला । सानो काममा पनि धेरै समय र श्रम खर्च हुन सक्छ । अस्वस्थताले पनि सताउला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । मीठो भोजन प्राप्त हुनेछ योग छ ।

मीन – दिन राम्रो छ । आरोग्यता र आनन्द बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।