आजको पञ्चाङ्ग एवम् राशिफल (११ फागुन २०७९ बिहीबार, २३ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ फागुन २०७९ बिहीबार, २३ फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं। ११४३ शिशिर ऋतु वि।सं। २०७९ फाल्गुण ११ गते विहीबार तद्अनुसार सन् २०२३ फरवरी २३ तारिख फाल्गुन शुक्ल पक्षको तृतिया तिथि ७ः३७ पर चतुर्थी तिथि उत्तरा भाद्रपद नक्षत्र ९ः० पर रेवती नक्षत्र शुभ योग वणि करण आनन्दादियोगमा छत्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६ः३७ बजे र सूर्यास्त साँझ १७ः५९ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन खर्च बढ्न सक्छ । विलासी बस्तुसित सम्बन्धित काममा सफलता प्राप्त हुनेछ । नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । रोकिएको काम दोहो¥याउँदा लाभ हुनेछ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ, ध्यान राख्नुहोला । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

वृष – दिन राम्रै छ । आयस्रोत बढ्नेछ, आर्थिक काम बन्नेछ । रसरागमा आकर्षण रहला । विभिन्न अवसरले पछ्याउनेछन्् । व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ, सचेत रहनुहोला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ । मनोकूलको काम बन्ने योग छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मिथुन – सार्वजनिक काममा सफलता प्राप्त हुने दिन छ । दिगो आयस्रोत जुटाउन सकिनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिने छन् । स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला, तर जिम्मेवारी भने बढिरहनेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला, सावधान रहनुहोस् । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आजको दिन भाग्यबल बढ्ने योग छ । यात्रामा सफलता प्राप्त हुनेछ । विद्यामा कमजोरी र लेनदेनमा भने विवाद होला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । समयमा होश नपुग्नाले खर्च हुन सक्छ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सावधान रहनुपर्ला । बौद्धिक र रचनात्मक काम बन्नेछन् । सुख शान्ति रहनेछ ।

सिंह – आज शुभ समाचार प्राप्त होला । आफन्तसित भेटघाट हुनेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यावसायिक आम्दानी बढ्नेछ । पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – प्रेमभाव बढ्नेछ । कार्य क्षमता वृद्धि होला । बोलीको कारणले केही समस्या उब्जिन सक्छ, तर सहयोगीहरूले फाइदा दिलाउनेछन् । अध्ययनमा समय दिन नसकिएला। लेनदेनको विवादले हानि पुर्याउन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन् । यसका बाबजुद परिवारिक सुख वृद्धि हुनेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । विलासमा रुचि बढ्नेछ । आशा उत्साह थपिनेछ ।

तुला – मिश्रित फल दिने समय छ । नाम, दाम र इनाम कमाइएलातर स्वास्थ्य सन्तोषजनक नरहला । काम स्थगित हुनाले मन खिन्न हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने यो छ । लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

वृश्चिक – व्यस्तता वृद्धि हुनेछ । नयाँ दायित्व प्राप्त होला । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । सानातिना काम र घरेलु समस्या पनि आइलाग्न सक्छन्। अर्थ अभावले योजना स्थगित हुन सक्छ । कर्मबल बढ्नेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । आफन्तको सहयोग बढ्ला ।

धनु – पराक्रम बढ्नेछ तर व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन् । केही समस्या निम्त्याए पनि इच्छाशक्ति एवं मेहनतले फाइदा नै दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । समस्याको समाधान गर्नुहुनेछ । आर्थिक हित हुने काममा लाग्नु उचित रहनेछ ।

मकर – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रुपैयाँपैसाको कारोबार हुने देखिन्छ । व्यावसायिक काममा खास फाइदा नहोला । विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । आरोग्यता बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – आज रसरागको भाव वृद्धि हुनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ ।

मीन – आज आरोग्यबल वृद्धि भए पनि अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । तथापि भाग्यबल वृद्धिको योगका कारण बौद्धिक र रचनात्मक कार्य बन्नेछ । कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । सन्तानको सुख प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।