हलिउडकी प्रख्यात गायिका, अभिनेत्री तथा निर्मात्री सेलेना गोमेजहालका दिनमा चर्चामा छिन् । उनले हालैमात्र सामाजिक सञ्जालमा एउटा रेकर्ड बनाएकी छन् । उनी इन्स्टाग्राममा सर्वाधिक फलो गर्ने महिला बनेकी छन् । उनले काइली जेनरलाई यो मामलामा पछि पारेकी छन् । इन्स्टाग्राममा रेकर्ड राखिरहँदा सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिने घोषणा गरेकी छन् ।
सबै सफलताका बावजुद पनि सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिने घोषणा गरेकी छन् । ‘म धेरै खुशी छु । म धन्य पनि छु । सारा विश्वमा मेरा राम्रा साथी र राम्रा फ्यान छन् । म यो भन्दा बढी खुशी हुन सक्दिनँ । म ठीक छु । म जस्तो छु, मलाई मनपर्छ । मलाई चिन्ता छैन’, उनले भनेकी छन् ।
३० वर्षीया सेलेनाले आफू सामाजिक सञ्जालबाट टाढिन लागेको स्पष्ट पारेकी छन् । ‘म सामाजिक सञ्जालबाट टाढिँदैछु । किनकि यो थोरै मूर्खतापूर्ण हुन्छ । म ३० वर्षको भएँ । म तपाईंहरुलाई धेरै माया गर्छु । म चाँडै तपाईंहरुलाई भेट्न आउँदैछु । मलाई अहिले हरेक कुराबाट ब्रेक लिनु छ’, उनले भनेकी छन् ।
सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिने कुरा पहिलोपटक होइन । उनले यसअघि पनि कैयौं पटक मानसिक स्वास्थ्यलाई हवाला दिँदै सामाजिक सञ्जालबाट ब्रेक लिईसकेकी छन् । सन् २०१४ मा गायिकाले आफूलाई बाइपोलर भएको खुलासा गरेकी थिइन् । यो डिप्रेसनभन्दा एक तहमाथि हुन्छ । यद्यपि उनले हार मानिनन् र यो मानसिक रोगसँग लामो समय लडिन् ।
प्रतिक्रिया