आजको पञ्चाङ्ग एवम् राशिफल (१६ फागुन २०७९ मंगलबार, २८ फेब्रुअरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ फागुन २०७९ मंगलबार, २८ फेब्रुअरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ फाल्गुण १६ गते मंगलबार तद्अनुसार सन् २०२३ फरवरी २८ तारिख फाल्गुन शुक्ल पक्षको नवमी तिथि रोहिणी नक्षत्र १०ः२९ पर मृगशिरा नक्षत्र विषकुम्भ योग बालब करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः३२ मा र सूर्यास्त साँझ १८ः०२ बजे हुनेछ । माझी समुदायको लदीपूजा ।

आजको राशिफल

मेष – आजको दिन मिश्रित फलदायी रहला । अरूलाई प्रभावित पारेर लाभ उठाउन सकिनेछ । स्वास्थ्यमा केही कमजोरी अनुभूति हुनसक्छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ होला । पठनपाठनमा मन लाग्नेछैन र, न्यून उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आरोग्यता बढ्ने र आर्थिक कार्यक्रममा सफलता प्राप्त हुने समय छ । आजको दिन मनोरञ्जनपूर्ण रहला । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । मित्रजनबाट विभिन्न उपहार प्राप्त हुनसक्छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती सामना गर्नुपर्ला, तर कीर्तिमानी काम सम्पादन होला । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आज काममा आशानुरुप सफलता मिल्नेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले पनि ठूलो काम सम्पादन हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । कार्यक्षमता वृद्धि होला । आशा उत्साह बढ्नेछ । आरोग्यता वृद्धि होला ।

कर्कट – आज कर्मबल बढ्नेछ भने शुभ काम बन्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – कर्मबल बढ्नेछ । कमी–कमजोरी सुधार गर्ने मौका छ । बिछोडिएका परिवारजनसँग भेटघाट होला । आज आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् र श्रमको उचित मूल्य नमिल्न सक्छ । तथापि, भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । रसराग वृद्धि हुनेछ ।

कन्या – भाग्यबल बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । सरसापटमा धन खर्च हुने समय छ, तर धन आर्जन पनि राम्रै होला । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन् । ख्याल राख्नुहोला- आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – दिन राम्रो छ । बौद्धिक अभिव्यक्तिले महत्वपूर्ण अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि जित हासिल होला । साझेदारीको काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – शुभता बढ्ने र आरोग्य वृद्धि हुने समय छ । कर्ममा सफल साबित हुनुहुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । सफलताले थप हौसला जगाउनेछ । ब्यवसायमा लाभ हुनेछ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । जोखिममा नपर्नु हितकर रहनेछ ।

धनु – आजको दिन खासै शुभदायी नरहला । खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य मात्र फाइदा हुनेछ । अरूको सुझावमा भर पर्दा धोका मिल्न सक्छ । आरोग्यता भने बढ्नेछ । मित्रजनको सहयोग र समर्थन प्राप्त हुनेछ ।

मकर – प्रेमभाव बढ्ने र आरोग्यता बढ्नेछ । रसराग प्रेममा सफलता मिल्नेछ । विगतका कमजोरीलाई सुधार्ने मौका मिल्नेछ । तर, सचेतनापूर्ण व्यवहार नगर्दा विवादमा परिने योग छ, सचेत रहनुहोला । महत्वाकांक्षी योजना गोप्य नै राख्नु हितकर होला । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ भने प्रयासरत काम पूरा होला । समस्याको समाधान मिल्नेछ । नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – पराक्रम र आशा उत्साह वृद्धि हुने दिन छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नसोचेको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित होला । व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । आश्वासन दिएर झुक्याउनेहरूले आज सताउन पनि सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने योग पनि छ, सचेत रहनुहोला । भाग्यले साथ दिनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।