सन्दिपको भिसा आयो, खेलाडीको सुचीमा नाम राखियो

सन्दिपको भिसा आयो, खेलाडीको सुचीमा नाम राखियो


विदेश जान लागेको यसअघिको रोक सर्वोच्च अदालतले खुल्ला गरिदिए पछि क्रिकेटर सन्दिप लामिछानेले युएई प्रस्थानको तयारी गरेका छन् ।

युएईमा जारी जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन् । नेपाल क्रिकेट संघले लामिछानेको नाम खेलाडीको सुचीमा राखिसकेको छ ।

सो टिमका एक खेलाडी बिरामी भएपछि उनको नाम हटाएर लामिछानेको नाम राखिएको क्यानले जनाएको छ । तर, कसको नाम हटाएको हो, त्यो भने खुलाएको छैन ।

त्रिकोणात्मक सिरिज लिगमा युएई र पपुना न्युगिनीलाई हराएर अपराजित हुुँदै आएको नेपाल लामिछानेको आगमनसँग बलियो हुने अपेक्षा गरिएको छ । जारी खेलमा जीत हासिल गरेमा श्रीलंकामा हुने विश्वकप खेल्न नेपाली टोली पुग्नेछ ।

यसका लागि लामिछानेलाई आजै युएई लैजान खोजिएको क्यानका सहसचिव दुर्गा पाठकले जानकारी दिए ।