आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालसँग युएई सात रनले पराजित

आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालसँग युएई सात रनले पराजित


आइसिसी यू-१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू-१९ विश्वकपका लागि छनोट भएको छ । नेपालसामू युएईलाई सात रनले पराजित भएको हो ।

नेपालका लागि हेमन्त धामिले ४२ ओभर २ बलमा युएईका इथान कार्ल डिसुजालाई आउट गरे दिपेस कँडेलले ३४ ओभर ३ बलमा युएईका ध्रुव पराशरलाई आउट गरे ।

सुवास भण्डारीले २१ ओभर ६ बलमा युएईका आयान अफजल खानलाई आउट गर्दा २० ओभरमा यूएईका आरेन सक्सेनालाई दिपेस कँडेलले आउट गरेका हुन् । सुवास भण्डारीले १८ ओभरमा यूएईका आरेनस शर्मालाई आउट गरे ।

यसअघि अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९१ रन बनायो ।

नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीए इनिङ खेले । देवले ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेका थिए ।

त्यस्तै विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम मगरले ३६ रनको योगदान गरेका थिए । नेपालका लागि दिपेश कँडेलले रन बनाउँदा हेमन्त धामी १३ तथा मिलन बोहोराले १० रनको योगदान गरेका थिए ।

बलिङतर्फ यूएईका लागि ध्रुव पराशरले तीन विकेट लिएका थिए भने हरित हरिस सेट्टी र आर्यान आफिज खानले दुई/दुई विकेट लिएका थिए ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको थियो ।