१९औं संस्करणको ‘पल्सर स्पोर्ट्स अवार्ड-२०७८’को आज मंगलबार वितरण हुँदैछ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड समारोह कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिने बताइएको छ ।
पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा गरिनेछ । विगतमा जस्तै वर्षपुरुष, वर्षमहिला, पिपल्स च्वाइस र वर्षप्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पाउने छन् भने यस वर्षदेखि वर्ष युवाखेलाडीको विजेतालाई पनि पल्सर मोटरसाइकल दिइनेछ भने अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर पाउने छन् ।
को को छन् मनोनयनमा ?
पिपल्स च्वाइस विधा – क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी
वर्ष पुरुष खेलाडी – फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल
वर्ष महिला खेलाडी – भलिबलकी अरुणा शाही, क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल
वर्ष युवा खेलाडी – फुटबलका मनीष डाँगी, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी
वर्ष प्रशिक्षक – फुटबलका अब्दुल्लाह अलमुताइरी, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट ।
प्रतिक्रिया