विपरीत यात्राका यात्री हामी नेपाली

विपरीत यात्राका यात्री हामी नेपाली


बेइमानी गर्ने मौका नपाएर इमान्दार बन्न बाध्य राजनीतिक र प्रशासनिक जत्थालाई कसरी विस्थापित गर्ने भन्ने स्पष्ट दृष्टिकोण र कार्यनीति हामीले न बनाएका छौँ न त पाएका छौँ, न कुनै नेतामा देङ सियाओ पिङ, पार्क चुङ ही, ली क्वान यू, महाथीर मोहम्मद र नरेन्द्र मोदीमा जस्तो देश बनाउने हुटहुटी भेटिन्छ, न जनतामा सही र गलत छुट्ट्याउने मानसिक तागत देखिन्छ, तथापि हामीलाई देश बनेन भन्ने चिन्ता छ । चियापसल र भट्टीका टेबुल हाम्रा चुट्की र मुड्कीले घायल छन् !

✍ देवप्रकाश त्रिपाठी

जुन देशका सन्तान पराया मुलुकको भिसा लिन जन्मिएका हुन्छन्, जहाँ बाबुआमा छोराछोरीको भिसाका निम्ति देवी-देवताको भाकल गर्छन् ! जुन मुलुकका कर्मचारी आफ्नो हैसियत र कानूनी अधिकारलाई केवल आफ्नै हितमा मात्र प्रयोग गर्न चाहन्छन्, जुन देशका राजनीतिकर्मी सत्ताको र आगामी निर्वाचनको मात्र चिन्ता र चिन्तनमा डुबेका हुन्छन् ! जुन मुलुकका उच्चाधिकारी आफ्ना नागरिकको दुःखभन्दा पराया प्रतिनिधिको इच्छापुर्तिप्रति सम्वेदनशील रहन्छन्, जुन मुलुकका मतदाता आफ्नो र देशको नभइ पार्टी र नेताको भविष्यप्रति सचेत रहँदै मतदान गर्छन् ! जुन मुलुकको संविधानमै अराजक जत्था पैदा गर्ने र, तिनलाई ‘कलेक्टिव बार्गेनिङ’को छुट दिइएको हुन्छ, जुन देशमा नियमनकारी निकाय समेत भ्रष्टाचारमा रमाउँछ, जुन देशमा आफ्नै विरूद्धका कदमलाई क्रान्ति र महान् उपलब्धिका रूपमा ग्रहण गरिन्छ, त्यस्तो देश बनेन भनेर चिन्ता गर्ने र, बन्ला कि भनेर आशा गर्ने हामी मुर्ख ठहर नभए के हौँ ? हाम्रा राजनीति र प्रशासनिक व्यवहार कहिल्यै देशकेन्द्रीत रहेनन्, एउटाले अर्कोलाई पछार्ने र निषेध गर्ने जङ्गली चेतभन्दा माथि हामी उठेकै छैनौँ, उठ्दै नउठेका हामीलाई देश हिँडेन भन्ने चिन्ताको स्वाङ छ !

बेइमानी गर्ने मौका नपाएर इमान्दार बन्न बाध्य राजनीतिक र प्रशासनिक जत्थालाई कसरी विस्थापित गर्ने भन्ने स्पष्ट दृष्टिकोण र कार्यनीति हामीले न बनाएका छौँ न त पाएका छौँ, न कुनै नेतामा देङ सियाओ पिङ, पार्क चुङ ही, ली क्वान यू, महाथीर मोहम्मद र नरेन्द्र मोदीमा जस्तो देश बनाउने हुटहुटी भेटिन्छ, न जनतामा सही र गलत छुट्ट्याउने मानसिक तागत देखिन्छ, तथापि हामीलाई देश बनेन भन्ने चिन्ता छ । चियापसल र भट्टीका टेबुल हाम्रा चुट्की र मुड्कीले घायल छन् ! कुरा देशको गर्दै चिन्ता पेटको गर्ने हाम्रो प्रवृत्तिले संस्कारको रूप लिइसकेको छ । हाम्रो यस्तो प्रवृत्ति र चरित्रको हाम्रै जस्तो देखिने नेतृत्वले मात्र नभइ पराया र परधर्मीहरूले समेत पहिचान गरिसकेका छन् । तिनका दृष्टिमा हामी शुद्ध बिक्रीका माल हौँ, बिक्न नखोज्नेहरू ‘पागल’ हौँ या तिनका दृष्टिमा खोटा सिक्का हौँ ! देश बनाउनेहरू भन्दा देश बनाउनेलाई गाली गर्नेहरूको पूजा हुने देशका बासिन्दा भएकैले हुनुपर्छ तिनका दृष्टिमा संसारकै मूर्ख अर्थात् कम बुद्धिका पनि हामी नै ठहरिएका छौँ र, यो ठहर अस्वाभाविक पनि होइन ।

हिजो पञ्चायतकालमा सत्तासीनहरूले तिनलाई बैरी तोकेको थियो जो प्रजातन्त्र, जनाधिकार र प्रजातान्त्रिक प्रणालीका पक्षमा उभिएका थिए । उनिहरू ‘बैरी’हरूमाथि निरन्तर निगरानी राखिरहेका हुन्थे । अहिलेको सङ्घीय लोकतान्त्रिक धर्मनिरपेक्ष गणतन्त्र र यसका हिमायतीहरूको दृष्टिमा पनि बैरी छन् र, वैरभावयुक्त व्यवहार गरिरहेका हुन्छन्, ती को हुन सक्छन् ? यिनका दृष्टिमा बैरी ती हुन् जो देशभक्त र राष्ट्रवादी छन्, जो देशको एकता, एकात्मकता, समभाव, राष्ट्रियता, मौलिक भाषा, धर्म संस्कृति, अखण्डित सार्वभौमिकता र गैरजातिवादी तथा गैरक्षेत्रीयतावादी अवधारणाको पक्षमा छन्- यिनका दृष्टिमा ती दुष्मन हुन् !

प्रजातन्त्र र प्रजातान्त्रिक प्रणालीविरूद्ध हिंसात्मक संघर्ष गर्नेहरूलाई प्रजातान्त्रिक आन्दोलन र जनाधिकारका मसिहा ठान्ने, उद्यमी र ब्यवसायीको भन्दा धेरै सुविधासम्पन्न जीवन बाँच्ने कर्मचारी र राजनीतिकर्मीहरूलाई सेवक मान्ने, आफ्नो निजी महत्वाकाङ्क्षा पूरा गर्न परायाशक्तिसमक्ष लम्पसार पर्नेहरूलाई देशभक्त-राष्ट्रवादी ठान्ने र, विध्वङ्शलाई जीवनको अनिवार्य अङ्ग मान्ने मानसिकताबाट मूक्त नभएसम्म देश निर्माणको मार्ग भेटिन मुस्किल छ । देश बनाउन स्पष्ट एवम् दूरगामी दृष्टि, इमानदारी र प्रतिबद्धता भए पुग्छ । तर हामी कहिले अनपढ नेता हुनुलाई देश नबन्नुको मूल कारण ठान्छौँ त कहिले सम्पूर्ण बर्बादीको कारण विदेशी हस्तक्षेपलाई मान्छौँ । कर्मचारी प्रशासनमा अशिक्षित मानिसलाई प्रवेश निषेध छ, कर्मचारी बन्न मुख्य योग्यता नै शैक्षिक प्रमाणपत्रलाई मानिन्छ, तर त्यही कर्मचारी प्रशासन सेवाग्राहीलाई सताउन र देशको गतिमा अवरोध पैदा गर्न सधैं अग्रभागमा रहेको हेक्का हामी राख्दैनौँ ! पढेलेखेका मानिस स्वतः योग्य हुने भइदिएका भए कर्मचारीलाई नै नेता र विधाता मान्न सकिने परिस्थिति निर्माण हुने थियो, होइन र ?

हिजो पञ्चायतकालमा सत्तासीनहरूले तिनलाई बैरी तोकेको थियो जो प्रजातन्त्र, जनाधिकार र प्रजातान्त्रिक प्रणालीका पक्षमा उभिएका थिए । उनिहरू ‘बैरी’हरूमाथि निरन्तर निगरानी राखिरहेका हुन्थे । अहिलेको सङ्घीय लोकतान्त्रिक धर्मनिरपेक्ष गणतन्त्र र यसका हिमायतीहरूको दृष्टिमा पनि बैरी छन् र, वैरभावयुक्त व्यवहार गरिरहेका हुन्छन्, ती को हुन सक्छन् ? यिनका दृष्टिमा बैरी ती हुन् जो देशभक्त र राष्ट्रवादी छन्, जो देशको एकता, एकात्मकता, समभाव, राष्ट्रियता, मौलिक भाषा, धर्म संस्कृति, अखण्डित सार्वभौमिकता र गैरजातिवादी तथा गैरक्षेत्रीयतावादी अवधारणाको पक्षमा छन्- यिनका दृष्टिमा ती दुष्मन हुन् ! तर हामी नेपाली आफैलाई दुष्मन ठान्नेहरूको हातमा राज्य जिम्मा लगाएर आफ्नो र देशको सुन्दर एवम् सुखद भविष्यको सपना देख्दैछौँ ।

अरू देशका परराष्ट्र नीति र व्यवहार आफ्नो मुलुकलाई के गर्दा लाभ पुग्छ भन्ने बिन्दुबाट सुरु हुन्छ, तर हाम्रा नीति-निर्माताहरू हामीले अवलम्बन गर्ने नीति र ब्यवहारले मित्रराष्ट्रहरूलाई कस्तो असर गर्न सक्छ भन्ने बिन्दुबाट कुरा सुरु गर्छन् र, फलानो देशलाई अप्ठ्यारो पर्ने भएकोले देशको हितमा भएपनि यसप्रकारको नीति कार्यान्वयन गर्न नहुने निष्कर्ष निकाल्छौँ ! परराष्ट्र मन्त्रालय परायाको हितको निम्ति नभइ नेपाल र नेपालीको हितार्थ खडा भएको हुनुपर्छ, तर हाम्रो भूमिभित्र हामीले उपलब्ध गराएको सेवा र सुविधा पाउनेगरी खडा गरिएको परराष्ट्र मन्त्रालय नेपालबाहेक बाँकी सबैको चिन्ता लिने गर्दछ ! भ्रष्टाचार नियन्त्रण एवम् भ्रष्टाचारीमाथि अनुसन्धान र कानूनी कारवाही गर्नका निम्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोग खडा गरिएको छ, तर त्यहाँ भ्रष्टाचारीमाथि कारवाही गराउनसमेत घुस बुझाउनुपर्ने या तारन्तार दबाब दिनुपर्ने या सोर्स-फोर्स लगाउनुपर्ने अवस्था छ । राज्यलाई कर बुझाउनसमेत कर्मचारीलाई अतिरिक्त रकम बुझाउनुपर्ने बाध्यता हामीलाई छ । सडकमा ट्राफिक नियम पालना गर्न सकिन्न होइन, पाइन्न ! सडक नियमको पालना गर्नेहरू अटेर गर्नेहरूबाट सताइन्छन्, अपमानित हुन्छन्, तर नियमघातीहरूको संरक्षण नियमपालक भन्नेहरूबाट नै भइरहेको हुन्छ, हामी तिनको प्रतिवाद या प्रतिरोध गर्न सक्दैनौँ र खोज्दैनौँ पनि !

कर्मचारी प्रशासनमा अशिक्षित मानिसलाई प्रवेश निषेध छ, कर्मचारी बन्न मुख्य योग्यता नै शैक्षिक प्रमाणपत्रलाई मानिन्छ, तर त्यही कर्मचारी प्रशासन सेवाग्राहीलाई सताउन र देशको गतिमा अवरोध पैदा गर्न सधैं अग्रभागमा रहेको हेक्का हामी राख्दैनौँ ! पढेलेखेका मानिस स्वतः योग्य हुने भइदिएका भए कर्मचारीलाई नै नेता र विधाता मान्न सकिने परिस्थिति निर्माण हुने थियो, होइन र ?

सडक निर्माण विभाग र त्यसका पर्याप्त शाखा-प्रशाखा हामीले बुझाएकै करबाट सञ्चालित छ, तर सडक विभागले सडकको खाल्डाखुल्डी र गुणस्तर देख्दैन, उसले सदासर्वदा देख्ने भनेकै केवल ठेकेदारका ब्रीफकेस मात्र हुन् ! यो हामी सबैलाई थाहा भएर पनि चुपचाप हेरिरहन्छौँ, अनि चोक र गल्लीहरूमा उभिएर देश नबनेकोमा औधी चिन्ता ब्यक्त गर्ने गर्दछौँ ! देशको अर्थतन्त्र गैरनेपाली मूलका मान्छेको मुट्ठीमा बन्दी छ, उद्यम ब्यवसाय र ब्यापारका सम्पूर्ण क्षेत्र उनिहरूको नियन्त्रणमा छ, बैंक र वीमा कम्पनीहरू तिनकै कब्जामा छन् । बैंकहरूले प्रवाह गर्ने कर्जाको मुख्य प्रयोगकर्ता तिनै गैरनेपाली मूलका मानिस छन् ! आजको मूख्य राष्ट्रिय समस्या पूँजी पलायनको हो र, यिनै गैरनेपाली मूलका व्यापारी पूँजी पलायनका निम्ति मुख्य जिम्मेवार छन्, तर हामी यो जानकारी भएर पनि टुलुटुलु हेरिरहन्छौँ ! आफ्ना उद्योग कलकारखाना नास गर्छौं र, विदेशीको कारखाना सञ्चालन गर्न स्वदेशी युवाशक्ति निकासी गर्छौं ।

जसले राम्रो कुरा गर्छ उसलाई होइन, नकारात्मक र चर्का कुरा गर्नेहरूलाई सही ठान्ने हाम्रो मनोवृत्ति कायम रहँदासम्म न हामी गन्तव्य देख्न सक्छौँ, न गन्तब्य भेट्न सक्छौँ ! तर हामीलाई मनपर्ने चाहिँ कसैलाई मज्जाले गरिने गाली मात्र हो ! गाली र तालीले मात्र देश बन्ने हुँदैहोइन, तर नेपालीले जानेको भनेकै ताली बजाउन र गाली चलाउन हो । समग्रमा हामी आफ्नै विरूद्धको यात्रामा छौँ, यो बाटो हिँड्दा पुगिने ठाउँ भनेको देशको विघटन र आफ्नै विनास हो ! आफैबाट सुधारको प्रयास नहुने हो भने प्यालेस्टेनी र अफगानीको नियति भोग्न अर्को एक दशक प्रतीक्षा गर्नुपर्ने शायद छैन । जय मातृभूमि !