घरेलु मैदानमा नेपालको आज युएइसँग प्रतिस्पर्धा

घरेलु मैदानमा नेपालको आज युएइसँग प्रतिस्पर्धा


आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिभुवन विश्वबिद्यालयको खेल मैदान, कीर्तिपुरमा बिहान ९ः३० बजेदेखि सुरु हुने खेलमा नेपालले युएसँगै प्रतिस्पर्धा गर्न लागेको हो ।

यसअघि आइसिसी यू-१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू-१९ विश्वकपका लागि छनोट भएको थियो । गत फागुन १८ गते भएको प्रतिस्पर्धामा नेपालले युएईलाई ७ रनले पराजित गर्दै विश्वकपमा आफनो स्थान पक्का गरेका थियो । सोही टोलीसँग आज नेपालले पुन प्रतिस्पर्धा गर्दैछ ।

१९२ रनको लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १० विकेट गुमाएर १८४ रनमा सीमित भएपछि नेपालले ७ रनले विजयी भएको थियो । आज पुनः नेपालले युएइसँग खेल्न लागेको हो ।