नेपालले एकदिवसीय क्रिकेट (ओडीआई) अन्तर्राष्ट्रिय वरियतामा तीन स्थान सुधार गरेको छ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ मा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरियतामा तीन स्थान सुधार गर्दै १६औँ स्थानमा आइपुगेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले मंगलबार राति सार्वजनिक गरेको वरियतामा तीन स्थानमा माथि उक्लिएको नेपालले नामिबिया, अमेरिका, यूएई र पपुवान्युगिनीलाई पछि पारेको छ ।
जसअनुसार नेपालभन्दा पछि नामिबिया १७औं, अमेरिका १८औं, यूएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन् भने लिग टूको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा एक स्थान माथि अर्थात १५औं स्थानमा छ।
नयाँ ओडिआई वरियतामा भारत शीर्ष स्थानमा छ भने अस्ट्रेलिया दोस्रो स्थानमा छ।
प्रतिक्रिया