तेस्रो जीतका लागि नेपाल युएईसँग आज भिड्दै

तेस्रो जीतका लागि नेपाल युएईसँग आज भिड्दै


विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल यूएईसँग खेल्दैछ ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको खेल मैदानमा बिहानदेखि सुरु हुने खेल नेपालका लागि जीत अनिवार्य छ । यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ ।

यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो । नेपाल पुनः युएईलाई पराजित गर्ने मनस्थितिका साथ आज मैदानमा उत्रँदैछ ।

गएको खेलमा घरेलु मैदानमा हाबी बनेको नेपालले युएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले पाँच विकेट झारेका थिए भने सन्दीप लामिछाने २ विकेट लिन सफल भएका थिए । सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक एक विकेट लिएर युएईलाई अलआउट गरेको थियो । घरेलु मैदानमा एकदिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकाले पछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाइसकेको छ ।

लिग २ मा दोस्रो पटक युएईलाई हराएर शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको तीन दिन पछि नेपाल आज पुनः युएईसँग भिड्न लागेको हो ।