नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै ओलीले भने, ‘राष्ट्र तपाईंको साथमा छ’

नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै ओलीले भने, ‘राष्ट्र तपाईंको साथमा छ’


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी विश्वकप लिग-२ को अन्तिम खेलका लागि नेपाली टिमलाई शुभकामना दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी युएईविरुद्ध मैदानमा उत्रेको नेपाली टिमलाई एमाले अध्यक्ष ओलीले जीतको शुभकामना दिएका हुन् ।

‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो। ऊच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना,’ ओलीले टविटरमार्फत शुभकामनामा दिँदै भनेका छन्, ‘राष्ट्र तपाईंहरूको साथमा छ र म तपाईंहरूको साथमा छु ।’