मूलपानी क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिन सांसद सोविताको आग्रह

मूलपानी क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिन सांसद सोविताको आग्रह


सांसद सोविता गौतमले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतृ गौतमले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरी मूलपानी क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सांसद गौतमले प्रधानमन्त्रीसमक्ष आफू निर्वाचित भएको काठमाडौं निर्वाचन क्षेत्र नं २ का विभिन्न समस्या पनि राखेकी थिइन् ।

नेपालले क्रिकेटमा सफलता प्राप्त गरेको सन्दर्भमा सरकारले अर्को क्रिकेट मैदान जतिसक्दो चाँडो पूरा गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न योग्य बनाउनुपर्ने सांसद गौतमको भनाइ छ । भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मूलपानी क्रिकेट मैदान निर्माणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका बताइएको छ ।