जीवनमा…

जीवनमा…


✍ आचार्य प्रभा

सहेँ मैले पापिष्टहरुको ज्यादती र दुराचार जीवनमा
गरेकी हुँ करकापमा परि मैले देह ब्यापार जीवनमा ।

आइपुगेकी हुँ यहाँसम्म आज ढल्दै उठ्दै पनि म
सहेकी नै छु सहनसम्म मैले दुर्व्यवहार जीवनमा ।

नहेर्नु अब मलाई भुलेर पनि स्वच्छ ती नजरहरुले
भयो मेरो यौवनको मोलमोलाइ कारोबार जीवनमा ।

थिए मभित्र पनि रहर र आशाहरु अन्य नारी सरह
दुर्भाग्य ! भएँ कलंकको दागमा म साभार जीवनमा ।

झरेँ जवानीमै ओइलाएर म फुल्न कहाँ सकुँला अब ?
पाइनँ कतै रोएर गिड्गिडाएर मैले आधार जीवनमा ।

(देहब्यापारमा बाध्यतावश फसेका नारीहरुको उत्पीडनको कथामा आधारित)