गजल

गजल


✍ रामचन्द्र ढकाल ‘कोमल’

बारी राम्रो तोरीले त, घर राम्रो छोरीले
ठट्टा गर्दै बात गर्छे, आहा त्यही मोरीले ।

घाँस काट्नु भारी हाल्नु, बोकी फेरि घर जानु
बरीयोमा नाम्लो राख्नु, दुखाउँछ नि डोरीले ।

वर्षा घट्यो मुल सुक्यो, बन पाखा उजाड् भो
बोहोतामा गर्ने काम, मिल्दैन है खोरीले ।

नुन्ढुके र गिँदरी छ, भेडा बाख्रा खोरमा
बाच्छालाई टाँकी खोज, हुँदैन है बोरीले ।

सफा राख्नु कोठा चोटा, दैलो अनि मझेरीमा
सिंगारेको गइ हेर, पल्लो घरकी गोरीले ।