हाम्रो भाषाको मूलाधार र असंवैधानिक ‘इम्बोष्ड’

हाम्रो भाषाको मूलाधार र असंवैधानिक ‘इम्बोष्ड’


नेपालमा सञ्चालित भएका र हुने सम्पूर्ण सवारीका साधनहरूबाट देवनागरी लिपिमा आधारित वर्णाक्षर र अंकहरुलाई एकसाथ माटियामेट बनाउने असंवैधानिक अन्याय ‘इम्बोष्ड’को आवरणमा ‘आम्बुष्ड’ नामक यो विषाक्त पासो हो । 
✍ रामेश्वर राउत ‘मातृदास’

भाषा मानव समाजको महानतम् र दुर्लभ प्राप्ति हो । चराचर जगतमा जीव र निर्जीव दुई तत्व हुन्छन् । यी दुवै तत्व मात्र हैन भाषा भएन भने भगवानसमेत मुखर हुन सक्नुहुन्न । जलचर, थलचर, नभचर र उभयचरमा बसोबास गर्ने गणितको संख्याले समेत गन्न र भन्न नसकिने प्राणीहरूमध्येकै एउटा जातको प्राणी हो मान्छे । तर ती सबै प्राणीहरूमध्ये सबैभन्दा सुसभ्य, ज्ञानी, गुणी, भाषा, साहित्य, कला, संस्कार, संस्कृति, सभ्यता, ऐन, कानून, न्याय, नीति, इतिहास, भूगोल, अर्थशास्त्र, समाज शास्त्र, राजनीति, कुटनीति, वर्तमान, भूत, भविष्य आदि तीनै कालको जानकारी राखेर आफ्नो भाग्य र भविष्यलाई अवगत गर्न सक्ने ताकत र क्षमता मानव समाजले मूलतः लेख्य/साक्ष्य प्रमाणयुक्त भाषाले नै दिएको तथ्यगत वास्तविकता दिनको घामझैँ छर्लङ्ग छ । देख्य साक्ष्य प्रमाण वा दस्तावेजीकृत नभएकै कारणले गर्दा असंख्य प्राणीहरू केवल कथ्यमा मात्र सीमित छन् ।

‘बूढा म¥या भाषा स¥या, भाषा सुधारे सकल सुधार, भाषा बिगारे सकल बिगार’ भन्ने शाश्वत मूल्य र मान्यतालाई मान्छेबाहेक अन्य प्राणीहरूले आत्मसात र अनुशरण गर्न सक्दैनन् । देखिने संसार नदेखिने शक्ति र ताकतवर सञ्चालित भइराखेको हुन्छ । यही नदेखिने शक्ति र ताकतको मुटु, मेरूदण्ड र प्राणशक्ति भनेकै भाषा हो । भाषा नभए संसारका कुनैपनि तत्व मुखर हुन नसक्ने निश्चित छ । भाषाको महिमा र महानतालाई जतिसुकै शब्दले व्याख्या र वर्णन गरेपनि सर्वाङ्ग प्रष्ट्याउन सकिँदैन ।

यही कारणले भनिएको छ-

‘लिपिर्लिपिमयीलेखा लिर्पिमूर्तिस्वरूपिणी
अक्षरं परमम् ब्रह्म ज्योतिरुप सनातनम्
कुलं क्षयं कृतं दोषं भाषाधातम् च पातकमं
वेदोखिलो धर्ममूलम् वसुधैव कुटुम्बकम् ।’

अर्थात्, यो सृष्टिको आरम्भ आराधना वा प्रारम्भ हुँदा यहाँ कुनैपनि किसिमको ज्ञान, विज्ञान, चेतना, ठीक, बेठीक छुट्याउने, खुट्याउने कुनैपनि ज्ञानको माध्यम नै थिएन । यो अन्धकारमय संसारलाई ज्योतिर्मय ज्ञानको ज्योतिद्वारा प्रकाशपुञ्ज बनाउन सर्वप्रथम देवनागरी लिपि र वर्णाक्षर (अक्षर) हरूको प्रारम्भ भयो । धरतीमा सर्वप्रथम प्रारम्भ भएको लिपिलाई ‘देवनागरी लिपि’ अर्थात् वेदमाता पनि भनिएको पाइन्छ । लिपि भनेको वर्णक्षर (अक्षर)हरू उभिने र अडिने धरातल हो । वेदमातालाई महामाया, महादेवी, गुह्यकाली, गुह्येश्वरी माता भनेर हिमवत्खण्डले विशाल परिभाषा गरेको पाइन्छ ।

वर्णाक्षर (अक्षर)हरू देवादिदेव महादेव भगवान शिवको डमरू ध्वनिबाट प्रादुर्भाव भएको तथ्यगत र जीवन्त प्रमाणलाई यो सृष्टिकै प्रथम भाषावैज्ञानिक, भाषाविद महामना पाणीनि ऋषिले सूत्रवद्ध गरिदिन भएको छ । प्रथम भाषावैज्ञानिक पाणीनि ऋषिले प्रतिपादन गर्नुभएको सूत्रलाई माहेश्वर सूत्र भनिएको छ । जो यसप्रकार रहेका छन्-
१) अईउण् २) ऋृलृक ३) एओङ ४) ऐऔच् ५)हयवरट ६) लण् ७) ञमङनम ८) झभञ ९) घढधष १० जबगडदश ११) खफछठभचतव् १२) कपय् १३) शषसर् १४ हल्
यी वर्णहरूको निसृतस्थानहरू अर्थात् ध्वनि स्थानहरू क्रमशः
(क) अकुहविसर्जनियाम्– कण्ठस्थान अर्थात- अ, क, ख, ग, घ र विसर्ग वर्णहरू कण्ठबाट निस्कन्छन् ।
(ख) इचुयतालव्यशनाम्– तालु स्थानबाट निस्कने वर्णहरू
इ, ई, च, छ, ज, झ, य र तालव्य श वर्णहरू तालुबाट निस्कन्छन् ।
(ग) ऋटुरषाणाम् – मुर्धास्थान (जिब्रोको माथिल्लो खाडल परेको भागबाट निस्कने वर्णहरू जस्तै– ऋ ट ठ ड ढ र वर्णहरू मुर्धाबाट निस्कन्छन् ।
(घ) लृतुलसाणाम्–दन्तस्थान
– लृ त थ द ध ल वर्णहरू दाँतबाट निस्कन्छन् ।
(ङ) उपद्मनियम – ओष्ठस्थान
– उ प फ ब भ व वर्णहरू ओठबाट निस्कन्छन् ।
(च) नाशिकास्थान ञमङणनम
– ञ म ङ ण न म वर्णहरू नाकबाट निस्कञ्छन् ।
छ) ओदौता– कण्ठोष्तस्थान
– ओ वर्ण कण्ठ र ओठको सहारामा निस्कन्छन् ।
(ज) औ दन्तोष्ठस्थान
– औ दाँत र ओठको सहारामा निस्कञ्छन् ।
झ) अ ई उ ऋ ण –लगायतका स्वर वर्ण हुन् । क-ह व्यञ्जन वर्ण हुन् । क्ष त्र ज्ञ संयुक्त वर्ण हुन् । अं. अः = निस्कञ्छ । दुई ओठ बन्द गरेर अं कुण्डबाट निस्कन्छ ।
यही माहेश्वर सूत्रको धरातलमा ६४ वर्णहरू (अक्षर) रहेका छन् । जस्मा स्वर वर्ण अन्तर्गत- १६ वटा, व्यञ्जन वर्ण अन्तर्गत– ३६ वटा र बाह्रखरी अन्तर्गत- १२ वटा समेत ६४ वर्ण (अक्षर) पदर्छन् । यी वर्णहरूको सविस्तार स्वरूपहरू-
(क) स्वरवर्णहरू- अ आ इ ई उ ऊ ऋ ऋृ लृ लृृ ए ऐ ओ औ अं अः
(ख) व्यञ्जन वर्ण
– क ख ग घ ङ
– च छ ज झ ञ
– त थ द ध ञ न
– ट ठ ड ढ ण
– प फ ब भ म
– य र ल व श
– ष स ह क्ष त्र ज्ञ
(ग) बाह्रखरी वर्ण- क का कि की कु कू के कै को कौ कं कः

पूर्णतः ध्वनि विज्ञानमा सादृश्य रहेका यी ६४ वर्णहरू हजारौं वर्षको अभ्यास, प्रयोग र परीक्षणबाट शुद्ध र परिष्कृत भएकाले देवनागरी लिपिमा आधारित भएका यी ६४ वर्णहरूलाई आधुनिक युगमा विकसित भएका र प्रयोगमा रहेका इमेल, इन्टरनेट, कम्प्युटर र राडरले समेत सहजै स्वीकार गर्ने हुँदा संसारका सम्पूर्ण प्राविधिज्ञ एवं भाषा वैज्ञानिकहरूले देवनागरी लिपिका ६४ वर्ण सृष्टिकै सर्वोत्कृष्ट र सर्वगुण सम्पन्न वर्ण (अक्षर) का रूपमा स्वीकार र समर्थन गरिसकेको पाइन्छ । प्राण, अपान, व्यान, उदान र समान यी पाँच वायुहरूले हामीहरू जीवित भैराखेका छौँ । समष्टि वायुमण्डलमा ४९ वटा वायुहरू रहेका छन्, जस्लाई ऋग्वेदले मरूद्गण भनेको छ ।

आफ्ना विगत भैसक्नुभएका पूर्वजहरूलाई सम्झेर श्राद्ध गर्न, वर्तमानमा जीवित सार्वभौमसत्तासम्पन्न समूह नागरीकहरूसँग सम्वाद गर्न, भावी भविष्यका सन्ततीहरूलाई आफ्नो अस्तित्वको विराशत हस्तान्तरण गर्न र भगवानलाई पुकार प्रार्थना गर्न समेत भाषाको आवश्यकता अनिवार्य हुन्छ । आफ्नो लेख्य साक्ष्य भाषाबाट बञ्चित भएपछि मान्छे ‘गोपीकृष्ण को ?’ अर्थात् पराधीन वा दास बन्छ । सामान्य चेतना भएका पशुपञ्छीहरू, जन्तु-जनावर र विवेकहीन भनिएका दानवहरूबाट समेत आफ्नो भाषालाई मास्ने र मेटाउने तुच्छ कुकर्म गरेको पाञीदैन । भाषाघात जघन्य र अक्षम्य अपराध नै हो ।

ज्ञान, विज्ञान, चेतना, शिक्षा दीक्षा, साहित्य, कला, संस्कार, संस्कृति, ऋती-रिवाज, धर्म, परम्परा, शीप, सभ्यता, इतिहास, भूगोल, ऐन, कानून, विधि-विधान, संविधान आदि बोध गराउने शसक्त माध्यम नै भाषा हो । भाषा नभए मानव समाज पनि अन्य पशुपञ्छी र जन्तु जनावरहरू जस्तै कथामा मात्र सीमित हुने निश्चित छ । यो दयनीय अन्धकारबाट बच्नका लागि समेत हामी सम्पूर्ण जिम्दा नागरीकहरू आफ्नो भाषाको कुल र मूललाई बचाउन यथाशक्य योगदानका लागि सधै जागरूक भैरहनै पर्दछ ।

सामान्य चेतना भएका पशुपञ्छी जन्तु-जनावर र विवेकहीन भनिएका दानवहकले समेत भाफ्नो भाषालाई मास्ने, मेटाउने, हटाउने र घटाउने तुच्छ कुकर्म कहिल्यै पनि गरेको देखिदैन । भाषाघात जघन्य र अक्षम्य अपराध हो । आफ्ना विगत भैसक्नु भएका पूर्वजहरूलाई श्राद्ध गर्न, वर्तमानमा रहेका मानव समाजलाई सम्बोधन गर्न, भविष्यका सन्ततीहरूलाई आफ्नो विराशत बोध गराउन र आफ्ना आरध्य देवीदेवताहरूको पुकार प्रार्थनाका लागि समेत भाषाको आवश्यकता अनिवार्य हुन्छ । लेख्य/साक्ष्य प्रमाणविहीन हुनु भनेको पशुपन्छीहरूसरह कथ्यमा मात्र परिसीमित हुनु हो ।

लिपि र वर्णाक्षरहरूले महिमामण्डित लेख्य/साक्ष्य प्रमाणयुक्त भाषा पाउनु दुर्लभ प्राप्ती हो । हाम्रा परमआदरणीय पूर्वजहरूले जीवनमा ठूलो त्याग, तपस्या र साधना गरेर यो सृष्टिकै सर्वोत्कृष्ट देवनागरी लिपि र सर्वगुणसम्पन्न ६४ वटा वर्णाक्षरहरूले सुसज्जीत भएको भाषा हाम्रा लागि अविनाशी उपहार दिएर जानुभएकोछ । यही देवनागरी लिपिमा, आधारित भएको नेपाली भाषा हामी सम्पूर्ण नेपालीहरूको साझा सम्पर्क भाषा भएको छ । नेपाली भाषा कुनै जातविशेषको मात्र भाषा नभएर संसारका विभिन्न भूभागमा बसोबास गर्ने सम्पूर्ण नेपाली जातिको साझा सम्पर्क भाषाको रूपमा स्थापित छ । आज नेपाली भाषामाथि अनाहकमा दशैदिशाबाट विषाक्त र विवेकहीन हमलालाई व्यापक बनाइएको छ ।

नेपालमा सञ्चालित भएका र हुने सम्पूर्ण सवारीका साधनहरूबाट देवनागरी लिपिमा आधारित वर्णाक्षर र अंकहरुलाई एकसाथ माटियामेट बनाउने असंवैधानिक अन्याय ‘इम्बोष्ड’को आवरणमा ‘आम्बुष्ड’ नामक यो विषाक्त पासो हो । मौजुदा संविधान को धारा ७(१), धारा २८, धारा ३२ (२) समेतको विपरित भएको र जोरजबर्जस्ती सार्वभौमसत्ता सम्पन्न नेपाल र नेपालीहरूमाथि लादिएको यो अन्याय संयुक्त राष्ट्रसंघको घोषित नीति समेतको विपरित छ ।

हाल संयुक्त राष्ट्रसंघमा २४३ वटा देशहरू सदस्य रहेका छन् । संयुक्त राष्ट्रसंघका सदस्य रहेका कुनैपनि देशमा भएको लिपि, भाषा, साहित्य, कला, संस्कार, संस्कृति सभ्यता ऋतिऋवाज, धर्म, परम्परा आदि मास्न, मेट्न र हटाउन वा घटाउन नुहने घोषित नीति विपरित लादिएको ‘इम्बोष्ड’ आवरणको ‘आम्बुष्ड’ रूपी पासोले हाम्रो भाषाको लिपि, अक्षर र अंकहरूलाई हाम्रै सवारीका साधनहरूमा यसपछि लेख्न, देख्न र प्रयोग गर्नबाट आम नेपालीहरूलाई बञ्चित बनाएको छ । मानव समाज र सभ्यताकै लागि यो कंलक र लाजको भारी हो ।

हाम्रो देशभित्र भएका र यो संसारमा रहेका कुनै भाषाको हामी वैरी र विरोधी हैनौं । तर हाम्रै देशबाट हाम्रो भाषाको अस्तित्व र महत्वलाई सधैंका लागि समाप्त पार्ने यो मूर्खतापूर्ण असंवैधानिक अत्याचार हामी जिम्दा नेपालीहरूका लागि कुनैपनि हालतमा मान्य र स्वीकार्य छैन र हुँदैन । यो असंवैधानिक वेइमानीलाई रद्द र बन्द गरेर नेपालमा सञ्चालित भएका र हुने सम्पूर्ण सवारीका साधनहरूमा हाम्रै भाषाको लिपि, अक्षर र अंकहरू नै यथावत कायम हुनुपर्दछ भन्ने सम्पूर्ण जिम्दा नेपालीहरूको जीवन्त र तथ्यगत मागलाई, कार्यपालिका, व्यवस्थापिका न्यायपालिका एवं सरोकारवालाहरू सबैले आत्मसात गरेर जीवन र जगतलाई मुखर गराउने भाषाको अस्तित्व र महत्वलाई कायम राख्नु नै समय र समाजको मात्र नभएर संविधानको समेत मर्म र मर्यादा बचाउनु हुने छ । जय भाषा जय जननी नेपाल ! भाषा बचाऊँ, अस्तित्व जोगाऊँ !! जय देवनागरी लिपि चौसठ्ठी वर्णाक्षर अंकहरू !!

  • रारामा, वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती