नयाँ वर्ष

नयाँ वर्ष


गजल
✍ आचार्य प्रभा

थिएन कदापि आशा देश यस्तै खण्डहरमा पर्ला भनेर
गरिबको पेट, मात्र नेताको आश्वासनले मात्र भर्ला भनेर ।

पल्टियो भित्ताको क्यालेण्डर नयाँ वर्षको आयु सजाइ
विश्वास गरौँ नयाँ वर्षमा देशको कुनीति कुहेर झर्ला भनेर।

बसेका छन् जनता सब नेताको बुद्धि फर्किने आशमा
सोचौँ फेरिएको समयले अवश्य दीन-दशा टर्ला भनेर।

सह्यौँ जनताले अतिभन्दा अति कष्टसाथ दुःख पीडाहरु
आशा गरौँ नयाँ वर्षले खुशीका मुस्कानहरु छर्ला भनेर ।

बदलौँ सबैले आफ्नो निर्बल मानसिकता नयाँ वर्षसँगै
ढुक्क चाहिँ नपरौँ नेताले मात्र देशको उन्नति गर्ला भनेर !

  • अमेरिका