चक्कु प्रहारबाट महिलाको हत्या

चक्कु प्रहारबाट महिलाको हत्या


काठमाडौं कपनस्थित सरस्वती नगरमा चक्कु प्रहारबाट एक महिलाको हत्या भएको छ ।

चक्कु प्रहारबाट बाग्लुङको बडिगाड गाउँपालिका घर भइ काठमाडौंमा भाँडा पसल सञ्चालन गर्दै आएकी ३५ वर्षीया निरा आचार्यको मृत्यु भएको हो । बिहीबार दिउँसो ३ बजेतिर आचार्यको घाँटी तथा शरीरका अन्य भागमा चक्कु प्रहार भएको थियो ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी आचार्यको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । उनलाई किन र कसले चक्कु प्रहार गरेकोबारे खुल्न सकेको छैन ।