बेलायतको डिफेन्स स्टडिजका शिक्षक र विद्यार्थी नेपाल भ्रमणमा

बेलायतको डिफेन्स स्टडिजका शिक्षक र विद्यार्थी नेपाल भ्रमणमा


photo: rss

संयुक्त अधिराज्य बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिजका कमान्डेन्ट सेवानिवृत्त लेफ्टिनेन्ट जनरल सर जर्ज नोर्टनको नेतृत्वमा कलेजका शिक्षक र शिक्षार्थी नेपालको अध्ययन भ्रमणमा आएको छ ।

नेपालको ६ दिवसीय अध्ययन भ्रमणमा १९ सदस्सीय टोली आज काठमाडौं आइपुगेको हो ।

यसैबीच, प्रधानसेनापति प्रभुराम शर्मासँग उक्त टोलीका प्रमुख नोटर्नले आज जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त टोलीले जङ्गी अड्डा, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका साथै ऐतिहासिक एवं पर्यटकीयस्थलहरुको अवलोकन गर्ने कार्यक्रम छ । विभिन्न राष्ट्रमा सञ्चालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीले एक–अर्का मुलुकको अध्ययन भ्रमण गर्ने प्रचलन रहिआएको छ ।

नेपालमा मित्रराष्ट्रबाट हुने यस्ता भ्रमणले सम्बन्धित देशसँगको सम्बन्धलाई सुमधुर बनाउन मद्दत पुग्नेछ । नेपालको पर्यटन प्रवर्द्धनमा समेत यस खाले भ्रमणबाट टेवा पुग्ने सेनाले विश्वास लिएको छ ।