गजल

गजल


✍ सुरेन्द्र शाही ‘गुलाब कान्छो’

पीडामा छ देश नेतालाई भलो भए पुग्छ
रमाउँछन् बोक्सा-बोक्सीहरू थलो भए पुग्छ

समृद्ध यो देशको बारे कोही केही सोच्दैन,
भ्रष्ट नेताका ती चम्चेलाई कलो भए पुग्छ

तयनाथ रहन्छन् हँसिया, खुँडा र तरवार,
खुकुरीलाई सुरक्षित हुन दलो भए पुग्छ

यसैमा सन्तुष्ट छु ठुलो सपना छैन मेरो,
घरबारी आँगनसँगै सानो खलो भए पुग्छ

किसान हुँ परिश्रम गर्छु नङ्ग्रा खियाउँछु,
मलाई एक हल गोरुसँगै हलो भए पुग्छ !

  • बाजुरा