✍ सुरेन्द्र शाही ‘गुलाब कान्छो’
धेरै ठाउँमा फूलको थुङ्गा काम लाग्छ
महासागर तर्न पनि डुङ्गा काम लाग्छ
एकै नासको हुँदैन कोही यो सृष्टिमा,
कतै धनी मान्छे कतै बुङ्गा काम लाग्छ
ती सरगममा मिठो धुन मिसाउन,
सयौँ बाजासँगै यो मुर्चुङ्गा काम लाग्छ
हावाको वेगमा माथि माथि उड्दै रम्न,
सिमलको भुवा झैं हलुङ्गा काम लाग्छ
सुन्नुहोस् महोदय म सजीव मान्छे हुँ,
याद राख्नु गु पुछेको ढुङ्गा काम लाग्छ ।
- बाजुरा
प्रतिक्रिया