महिला प्रहरीमाथि दुर्व्यवहार गर्ने एसएसपी पाल निलम्बित

महिला प्रहरीमाथि दुर्व्यवहार गर्ने एसएसपी पाल निलम्बित


महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बित भएका छन् ।

प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा गृहमन्त्रालयले हिजोदेखि लागू हुने गरी पाललाई निलम्बिन गरेको पत्र शुक्रबार आइपुगेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिएका हुन् ।

पालविरुद्ध महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप छ । उक्त घटनापछि पाललाई प्रहरी प्रधान कार्यालय तानिएको थियो ।

पालमाथि अहिले अनुसन्धान भइरहेको छ ।